जिल्लामा ट्राफिक नियम तथा सडक दुर्घट्ना सम्वन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न

प्रकाश श्रेष्ठ कटहरिया रौतहट भदौ ८ गते

रौतहट जिल्लामा पछिलो समय बढदै गएको सवारी दुर्घाटनालाई नियन्त्रण गर्न ट्राफिक प्रहरीले जिल्लाको ठाउ ठाउमा जनचेतना मुलक कार्यक्रम गर्दै आईरहेको छ । गढीमाईमा मंगलबार ट्राफिक नियम तथा सडक दुर्घट्ना सम्वन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ । रौतहटको गढीमाई नगरपालिकाको वडा नं. ४ समनपुर बजार स्थितमा सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सोही वडाका वडा अध्यक्ष हरिकिशोर साहको अध्यक्षतामा सम्पन्न भएको हो । गढीमाई नगरपालिकाका स्थानियले ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना हुने क्रम बढ्दै गएकाले सो कार्यक्रम सञ्चालन गर्नु परेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । स्थानिय भद्र भलादमी,बुद्विजिवी, समाजसेवी, सवारी चालक पैदल यात्रु लगायतका गरि ३५÷४० जना मानिसहरुको सहभागीतामा जनचेतना कार्यक्रम सम्पन्न भएको हो ।

error: Content is protected !!