देवाही गोनाहीमा सुत्केरी महिलाले पाए पोषणयुक्त खाद्यान्नसहित स्वास्थ्य सामग्री
रौतहटको देवाही गोनाहीमा सुत्केरी महिलाहरुलाई विभिन्न पोषण खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेलले सो नगरपालिकाका २ हजार ३ सय जना गर्भवती तथा सुत्केरी महिलाहरुलाई खाद्यान्न वितरण गरेको नगरपालिकाले जनाएको छ ।
स्वास्थ्य चौकी देवाहीमा नगरभरिका २३ सय जना गर्भवती तथा सुत्केरी महिलाहरूलाई सामाग्रि वितरण गरिएको एक वडा अध्यक्ष ब्रह्मदेव कुर्मीले बताउनु भयो । वितरण गरिएका खाद्यान्न सामाग्रीहरुमा मसुरोको दाल १ किलोग्राम , भटमास ५०० ग्राम , मुगको दाल १ किलो , मटर दाल १ किलो , चना दाल १ किलो , नुन १ किलो र स्वास्थ्य समाग्री हरुमा ब्रस १ थान , पेष्ट १ थान , नुहाउने सावुन १ थान , कपडा थुने सावुन १ थान , मास्क १ थान वितरण गरिएको नगर प्रमुख धर्मेन्द्र पटेलले बताउनु भयो ।