हुन्डी कारोबार गरेको आरोपमा नगदसहित एक जना पक्राउ
हुन्डी कारोबार गरेको आरोपमा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१ बस्ने ६० वर्षीय स्वामीनाथ प्रसाद साह तेली छन्। प्रहरी चौकी इनर्वाले वीरगञ्ज–१६ शंकराचार्य गेटमा चेकजाँच गर्ने क्रममा भारतबाट ना८प १८७ नम्बरको मोटरसाइकलमा आउँदै गरेको अवस्थामा तेलीलाई पक्राउ गरेको हो।
पक्राउ परेका उनको साथबाट स्रोत नखुलेको ६ लाख नगद बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।