बौधीमाइ नगरपालिकामा ग्यास चुलो वितरण
रौतहटको बौधीमाइमा शनिबार ५४१ प्रिवारलाई निशुल्क ग्यास सिलिण्डरसहित चुल्हो वितरण गरिएको छ ।
रौतहटको बौधीमाई नगरपालिकाको वडा नं १ बौधा र अजगैबीमा वडाध्यक्ष गुदर राय यादवको अध्यक्षतामा ५४१ जना घरपरिवारलाई सो ग्याँस सिलिन्डर चुल्हो रेघुरेटर पाईप बितरण गर्नु भएको वडा अध्यक्ष गुदर राय यादवकाले बताउनु भएको छ ।
ग्यास सिलिण्डर वितरणमा भने सोही वडाका २ जना निर्वाचित सदस्यले भने असष्तुष्टि जनाएका छन । २ वडा सदस्यले ८ सय परिवारलाई पुग्ने गरि चालिस लाख रकम नगरपालिकाले विनियोजन गरेका तर ५४१ प्रिवारलाई मात्र ग्यास वितरण गरेकाले अनियमितता भएको आशांका गरेका छन । नगरपालिकाले आफ्नो मनलाग्दी ढंगले ग्यास वितरण गरेकाले त्यसमा असहमति रहेको उनीहरुको भनाइ रहेको छ ।