रौतहटको गरुडामा दुर्गा पुजा सम्बन्धि छलफल कार्यक्रम सम्पन
रौतहटको गरुडामा दुर्गा पुजा सम्बन्धि एक छलफल कार्यक्रम सम्पन भएको छ । गरुडा नगरपालिकास्थित दुर्गा मन्दिर ब्यबस्थापन
समितिको अध्यक्ष तथा गरुडाका नेता कन्थमनि प्रसाद जैसवालको अध्यक्षतामा दुर्गा मन्दिरको प्राङ्गणमा नै छलफल सम्पन भएको हो । बिगत २० बर्ष देखि रौतहटको मध्यभाग ब्यापारिक नगर गरुडामा दर्गा पुजा लाग्दै आईरहेको छ ।
अघिल्लो बर्ष कोरोना भाईरसका कारणले दुर्गा मेला प्रभाबित भएको थियो । यस बर्ष पनि कोरोना भाइरसको प्रभाव रहि नै रहेको कारणले यस बर्ष पनि प्रभाबित हुने देखिएकोले सहज ढैगले सो पुजालाई सफल बनाउन भक्तजनहरुसँग छलफल गरेको समितिका अध्यक्षले बताउनु भयो । आउदो असोज २१ गते घटस्थापना तथा नवरात्र आरम्भ हुने भएको छ ।
२१ गते देखि २९ गते बिजया दशमि अर्थात देबी बिसर्जन हुने नेपाल पन्चाङ्ग समिति जनाएको छ । छलफल कार्यक्रममा दुर्गा मन्दिर ब्यबस्थापन समितिको उपा–अध्यक्ष बच्चु साह ,सचिव सँतोश कुमार चौधरी , कोषा–अध्यक्ष गँगाराम साह ,रामजि साह ,मिश्रीलाल साह ,छठु प्रसाद साह, समाजसेबि ,बुद्धजिबी लगायत दर्जनौ ब्यतिmहरुको सहभागिता रहेको थियो ।