रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटार चादी पुल संघर्ष समितिको आन्दोलन स्थगीत
रौतहट १५ भदौ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारमा पुल निर्माण संघर्ष समितिको आन्दोलन केही समयका लागी स्थगित भएको छ । मंगलबार सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरमा वडा अध्यक्ष बोधनाथ देवकोटासहित सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख नरेश प्रसाद केशरी , संघर्ष समितिका पदाधिकारीहरु , ठेकेदार दयाराम साह , इन्जिनियर , पत्रकारसहितको टोलीबिच भएको वार्तामा अन्तिम पटकको लागी कडा सर्तहरु पुरा गर्ने प्रतिबद्धता सहित लिखित सहमति भएपछि गत आइतबार आम गैडाटारबासीको भेलाले गरेको आन्दोलनका कार्यक्रमहरु तत्काललाई स्थगीत गरेको संघर्ष समितिका संयोजक लाल बहादुर दोङले बताउनु भयो । बुधबारबाट नै सो पुल निर्माण स्थलमा निर्माण सामग्रीहरु उपलब्ध हुने र कार्तिक ३० गतेभित्र २ स्पान ढलानको काम सम्पन्न गर्ने र बाकी अगाडि पट्टि ४ स्पानलाई आवश्यक सम्पुर्ण सामग्रीहरु उपलब्ध गराई सक्ने सहमति भएको संघर्ष समितिका सदस्य दिपक गौतमले बताउनु भयो । सहमति पत्रमा उल्लेख गरेको समयावधिमा सहमति भएका बुदाहरु कार्यन्वयन हुन नसकेमा मंसिर १ गतेबाट ठेकेदार साहसँगै कुनै पनि सम्झौता नगर्ने वडा अध्यक्ष बोधनाथ देवकोटाले बताउनु भयो ।
पुल निर्माण कार्यमा अनुगमन तथा निगरानी गरि दिनु हुन सम्पुर्ण गैडाटारबासीमा संघर्ष समितिले अनुरोध गरेको छ । वार्तामा संघर्ष समितिको तर्फबाट संयोजक लाल बहादुर दोङ , सदस्यहरु उत्तर बहादुर थापा , दिपक गौतम , लिलाधर तिमल्सिना , कृष्ण प्रसाद तिमल्सिना , सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरको तर्फबाट कार्यालय प्रमुख नरेश प्रसाद केशरी , इन्जिनिर यादव सुवेदी , जनप्रतिनिधि वडा अध्यक्ष बोधनाथ देवकोटा , वडा सदस्य गोविन्द तिमल्सिना , ठेकेदार दयाराम प्रसाद साह, स्थानिय सञ्चारकर्मी उपेन्द्र गोले लगायतको सहभागीता रहेको थियो ।