रौतहटको चन्द्रपुर नगर क्षेत्रमा महिला सुरक्षा दबाब समुहले घर मै पुर्याए राहत

रौतहट १५ भदौ । महिला सुरक्षा दबाब समुहले चन्द्रपुर नगर क्षेत्रका बाढी पिडित , दलित , एकल महिला , अपाङग , एसिड पिडित लगायतका २०० परिवारलाई मंगलबार राहत सामग्री घरघरमा नै वितरण गरेको छ । रौतहटको चन्द्रपुर नगरपालिकामा विगत लामो समयदेखि महिलाहरुको अधिकार र न्यायको पक्षमा ओकालत गर्दै आएको महिला सुरक्षा दबाब समुह चन्द्रनिगाहपुरले मंगलबार घरघरमा नै पुगेर राहत सामग्री वितरण गरेको समुहका अध्यक्ष देवकी नेपालले बताउनु भयो । टेवा त्भ्ध्ब् को आर्थिक सहयोगमा महिला सुरक्षा दबाब समुहको संयोजकमा चन्द्रपुर नगरपालिकाको वडा नम्बर ५ , ७ , ८ र ९ का पुर्वटोल , बनबोहरी , चेतनगर , बेतौना लगायतका स्थानिय दलित , अपाङग , एकल महिला , बाढी पिडितहरुको घरघरमा नै पुगेर राहत वितरण गरेको समुहका उपाध्यक्ष बिना साहले बताउनु भयो ।

चन्द्रपुर नगरपालिकाका वडा ७ का वडा अध्यक्ष .सहित चन्द्रपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक सरस्वती खुलालको रोहवरमा २०० परिवारलाई चामल , नुन , तेल , दाल लगायतका राहत सामग्री वितरण गरिएको सचिव मालादेवी जयसवालले बताउनु भयो । सो राहत सामग्री बुधबार पनि वितरण हुने अध्यक्ष नेपालले बताउनु भएको छ । बुधबार चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ पौराइ र वडा नम्बर २ जुडिवेलामा वितरण गरिने उहाले बताउनु भयो । मंगलबार १८० परिवारलाईसो राहत वितरण गरेको र बाकी २० परिवारलाई बुधबार वितरण गरिने संस्थाले जनाइएको छ । 

error: Content is protected !!