रौतहटको मिठुअवामा एक दलित किशोरीलाई गरे तिन जनाले सामुहिक बलात्कार
सागर संगम ठाकुर । रौतहट १६ भदौ ।
रौतहटका एक किशोरीमाथी सामुहिक बलात्कार भएको छ । रौतहटको माधवनारायण नगरपालिकाको वडा नम्बर ५ मिठुअवा घर भएका १५ बर्षिय दलित पासवान थरका किशोरी मंगलबार सामुहित बलात्कार गरेका थिए । सोही गाउ कै ३ जना युवाहरुको समुहले मंगलवार अपरान्ह सामुहिक रुपमा दाउरा टिप्न घर नजिकको आपको वगैचामा गएको वेला मुख थुनेर बलात्कार गरेको पिडितका आफन्तको भनाई रहेको छ । पिडित किशोरीलाई बलात्कारपछि पिडा सहन नसकिरुदै छटपटि रहेको अवस्थामा छिमेकीले घरमा पुर्याई इलाका प्रहरी कार्यालय गरुडालाई खवर गरेको जनाइएको छ । घटना स्थलमा पुगी घटनाको अनुसन्धान गरिरेहाके र सो घटनामा संलग्न रहेका एक युवालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भण्डारीले बताउनु भयो । पक्राउ परेका १८ बर्षिय युवक किसुनी सहनीलाई जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गरेर जबरजस्ती करणी मुद्दा अन्तर्गत कारवाही प्रक्रिया अगाडी बढाइएको डिएसपी भण्डारीले बताउनु भयो । पिडित किशोरीको बुधवार स्वास्थ्य परिक्षण गराइसकेको र फरार रहेका दुई जना युवकको खोजी कार्य तिव्र रुपमा भइरहेको भण्डारीले बताउनु भयो ।