सिमा नाकाबाट बरामत गरिएका विभिन्न सामग्री भन्सार कार्यालयमा बुझाइयो

रौतहटका सिमा नाकाबाट बरामत गरिएका भन्सार छलिका विभिन्न सामग्री शुक्रबार भन्सार कार्यालय गौरका बुझाइएको छ ।

प्रहरी चौकी बंकुल र अस्थायी प्रहरी पोष्ट लौकाहाबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ति टोलीले बौधीमाई नगरपालिकाको वडा नम्बर ७ भकुवा खोलास्थित भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ ल्याएको युरीया मल र बिआर ०५ एल ६९७१ नम्बरको मोटरसाईकलमा लोड गरी ल्याएको कपडा र मोटरसाईकल समेत गरी अन्दाजी एक लाख तेतीस हजार पाँच सय नब्बे बराबरको कपडा, मोटरसाईकल र मल वेवारीसे अवस्थामा प्रहरीले फेला पारेको थियो ।

सो सामग्रीहरु बरामद गरी थप आवश्यक कारवाहीको लागी शुक्रबारे गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

error: Content is protected !!