रौतहटको जलैया चौकमा हलिमा रेडिमेन्ट एण्ड हलिमा गार्मेन्ट उधोगको उदघाटन संम्पन्न
सागर संगम ठाकुर । रौतहट भदौ २२ गते
रौतहटको मध्य भाग जलैया चौकमा नया उधोगको रुपमा हलिमा रेडिमेन्ट एण्ड गार्मेन्ट उधोगको संचालनमा आएको छ ।
जिल्लाकै चर्चित र ब्यपारीक केन्द्रको रुपमा रहेको कटहरिया बजार जोडने मुख्य रोड संगै अवस्थित कटहरिया नगरपालिका वडा नं. ६ जलैया चौकमा सो उधोग संचालनमा आएको हो ।
कटहरिया नगरपालिका वडा नं. ७ निवासी मदिन मिया धोवीले यो उधोग संचालनमा ल्याएका हुन ।
बिगत एक बर्ष देखि वडा नं.७ बगहीम संचालन रहेको यो उधोगलाई शहरी क्षेत्र संग जोडनको लागि मध्य भाग जलैया चौकमा संचालन गरिएकोे संचालक मियाले बताउनु भयो ।
उधोगबाट त्यार गरिएको बिभिन्न प्रकारका रेडिमेन्टका समाग्रीहरुले हलिमा रेडिमेन्ट बाट खरिद गर्न सकिने त्यसका प्रोप्राइटर सजाद आलमले बताउनु भयो ।
यो गार्मेन्ट बोडिङ्गका बिधार्थीहरुको लागि ड्रेस स्कुलका बिधार्थीहरुको लागि ड्रेस, बेग, टि सर्ट, हाईनेक, उनिचिटर, अफिस बैग, हैण्ड बैग अडर अनुसारको त्यार गरिनुको साथै रेडिमेन्टका कपडाहरु बिक्री गर्नको लागि राखिएको छ ।
हलिमा रेडिमेन्ट एण्ड गार्मेन्ट उधोगलाई एक भव्य समारोहका बीच कटहरिया नगरपालिका वडा नं.७ का वडा अध्यक्ष हरिभजन साहले उदघाटन गर्नु भएको छ ।
उदघाटनको क्रमलाई सम्बोधन गरिदै वडा अध्यक्ष साहले यो गार्मेन्ट उधोगले यस भेगका युवाहरुमा नया सोच काम गर्ने होसला बढाएको बताउनु भयो ।
गार्मेन्ट उधोगबाट उत्पादन हुने सामग्रीहरु देशको हरेक कुना कुनामा पुगोस र यसै कार्यबाट योठाउको नाम रौशन होस भने अग्रिम शुभकामना दिनु भयो ।
वडा अध्यक्ष साहले यस्ता यस्ता उधोग अब हाम्रै गाउ ठाउमा संचालन भए पछि यहाको युवाहरुको सोचमा परिर्वतन ल्याउने बिश्वास ब्यक्त गर्नु भयो ।
साथै वडा अध्यक्ष साहले यो गार्मेन्ट उधोगका लागि आर्थिक बर्ष २०७८–०८९ को वडा स्तरिय बजेट बाट आफुले गार्मेन्टमा सिलाई गर्ने एउटा मेशिन खरिद गरेर प्रदान गरिने प्रतिवधता ब्यक्त गर्नु भयो ।
उदघाटन कार्यक्रममा नेपाल नाई ट्रेड युनिय संघका पुर्व केन्द्रिय अध्यक्ष तुलसी ठाकुर,मनोज कलवार,सहिद आलम,मोहम्द अजिम,अफताव आलम स्थानि भद्रभलादमी बुद्धीजिवी बिभिन्न पत्र पत्रिका अनलाई पत्रकार र संचारकमीहरुको उपस्थिती रहेको थियो ।