मागं पुरा भए पछि बाल बिकाश शिक्षिका र बिधालयका कर्मचारीहरुकाे धर्नाका कार्यक्रमहरु स्थगित

सागर संगम ठाकुर । रौतहट भदौ २१ गते

रौतहटको देवाही गोनाही नगरपालिका भित्रका कर्मचारीहरुको धर्ना कार्यक्रम स्थगित भएको छ ।
गएको भदौ १६ गते देखि ५ बुन्दे माग राखी नगरपालिकाको कार्यलय अगाडी शान्तिपुर्ण धर्नामा बसेका बाल बिकाश शिक्षक र बिधालयका कर्मचारीहरुले आफुरुहको माग पुरा भए पछि धर्नाका कार्यक्रमहरु स्थगित गरिएको बताउनु भएको हो ।
नेपाल सरकारले निर्धाण गरे बमोजिम १५ हजार मध्य रु ८ हजार केन्द्र सरकार र सात हजार स्थानिय सरकारले दिनु पर्ने भन्दै उनिहरुले धर्ना शुरु गरेका थिए ।
देवाही गोनाही नगरपालिकाको बोर्डबाट सर्वसहमतीबाट निर्णय गरिए पछि धर्नाका कार्यक्रम स्थागित भएको कार्यक्रमका संयोजक देवेन्द्र साहले बताउनु भयो ।
नेपाल सरकाले नेपालको संबिधान अनुसार अनुसुचि नं.९ को (२) बाट शिक्षकको अधिकार स्थानिय तहलाई नै दिएको छ ।
कर्मचारीहरुले आर्थिक बर्ष२०७८÷७९ को नगर सभाबाट आफुहरुको तलब स्थानिय तहकै सरकारले समायोजन गर्नु पर्ने माग राखदै धर्नामा बसेका थिए ।
धर्नाको तेस्रो दिन सोमबार जारी रहेको बेला नगरपालिकाका सम्पुण निर्वाचित जनप्र्रतिनिधीहरुले बाल बिकाश शिक्षक र बिधालयका कर्मचारीहरुको मागलाई पुरा गरेका छन ।
नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेलको अध्यक्षतामा बसेका नगरपालिकाका सम्पुर्ण बोर्ड मेम्बरहरुले उनिहरुको मागलाई सम्बोधन गरेका छन । माग पुरा भए पछि धर्नामा बसेका बाल बिकाश शिक्षक र बिधालयका कर्मचारीहरु हर्षित भई अ–आफनो घर र्फकेका छन ।

error: Content is protected !!