प्र.अ यादवले राजनितीक गरेर आफुलाई हाजिर हुनबाट रोक लगाए पछि प्र.अ पंडित शान्तिपुर्ण धर्नामा
प्रकाश श्रेष्ठ रौतहट भदौ २२ गत
रौतहटको एउटा बिधालयमा एक जना प्रधानाअध्यापकले हाजिर हुन नपाए पछि धर्नामा बसेका छन । जिल्लकोे देवाही गोनाही नगरपालिका वडा नं.९ धरहरीमा रहेको श्री जय किसान माध्यमिक बिधालयमा आफनो हाजिर हुन नदिएको भन्दै त्याहाका स्थानिय प्रधानाअध्यापक भुरेन्द्र पंडित उर्फ पवनले तिन बुन्दे माग राखी धर्ना दिरहेका छन ।
गत बर्ष २०७७ साल माघ २९ गते प्रक्रिया गत समान प्रधानाअध्यापक पदमा सरुवा भई श्री जय किसान माबि धरहरीमा हाजिर भएको र त्यसलाई जालझमेल गरि राजनितक शंक्तिको आडमा पुर्व
प्रधानाअध्यापक उमेश कुमार यादवले हाजिर हुन बाट रोक लगाए पछि आफुले कानुनी सहायताको बाध्यमबाट समानित अस्थाई उच्च अदालत बिरगंजबाट पत्र लि आए पनि यादवले पैसाको बलमा आफलाई केही राजनितीक दलका प्रतिनिधीलाई साथमा लियर बल जर्बजस्ती हाजिर हुनबाट रोक लगाएको बताउनु भयो ।
बिरगंज निर्णयलाई अवहेलना गर्दै देवाही गोनाही नगरपालिकाले हाल संम्म आफनो जिम्मेबारी पुरा नगरेको हुदा आफु बाध्य भएर बिधालयका अभिभावक वडा बाट निर्वाचित जनप्रतिनिधी शिक्षा प्रेमी शिक्षक बिधार्थी सर्वसधारण नागरिकको सहयोगमा शान्ति पुर्ण धर्नामा बसेको प्रअ पंडितले बताउनु भयो ।
यादवले प्रअ भए देखि बिधालयमा शिक्षाको अवस्था निकै कमजोर भएको भन्दै चौतर्फी अवाज आउन थाले पछि त्यसको सुधार गर्नको लागि त्याहा आएको बताउनु भयो । बिधालयलाई राजनितीको अखाडा बनाएर प्रअ यादवले बिधार्थीहरुको भबिषय संग खेलवाड गरिरहेको आरोप समेत लगाउनु भयो।
बिधालयको भौतिक संरचाना लथालिङ्ग भई रहदा यादवले कुनै वास्ता नगरी मनपरी हिसाबले बिधालय आवत जावत गरिरहेको स्थानियहरुले गुनासो गरेका छन ।
प्रअ पंडितले तिन बुन्दे माग पहिलो नम्बरमा आफुले प्रधानाअध्यापकको जिम्मेबारी पाउनु पर्ने दोस्रोमा बिधालय खाताको दस्तखत नमुना कार्ड परिर्वतन गर्नु पर्ने र तेस्रो दोहरो सिफारिस रद्द गर्नु पर्ने लगाएका मागहरु राखेका छन ।
धर्ना कार्यक्रममा वडा नं. ९ का निर्वाचित वडा सदस्य खुबीलाल दास, प्रमेश्वर दास, जनता समाजबादी पार्टीका युवा नेता बिवेक यादव उर्फ गुडु , नेकपा एकीकृत समाजबादी पार्टीका वडा अध्यक्ष प्रत्यासी दिपेन्द्र गुप्ता,लालबाबु यादव,मदन जयसवाल शन्तोष साह,
रामअज्ञा पंडित,राएकवाल पंडित,बिकेशी साह,मुखलाल दास,छठु पंडित,दिपक साह, बिपत साह लगाएत करिब दुई दर्जन भन्दा बढी स्थानियहरुको उपस्थिती रहेको थियो ।