रौतहटको खतबहीयामा तिन बर्षमा पनि बनेन्ने पुल स्थानिय भए आक्रोसीत
सागर संगम ठाकुर । रौतहट भदौ २३ गते
रौतहटको गुजरा नगरपालिका वडा नं.६ खतबहिया टोल देखि कटहरिया नगरपालिका वडा नं. ६ छेदी
चौक जोडने तरहरी नदीमा बिगत तिन बर्ष देखि पुल नबन्दा स्थानियहरुलाई सास्ती खेपिनु परेको छ । पुल निर्माण गरिएको तिन बर्ष बितिसक्दा पनि अलपत्र अवस्थामा रहेको स्थानियहरुको भनाई रहेको छ ।
२०७४ सालको निर्वाचन पछि रौतहट क्षेत्र नं. ३ का संघिय सांसद एवं पुर्वमन्त्री प्रभु साहको बिषेश पहलमा तत्काली नेकपाका नेता एवं पुर्वमन्त्री रघुबिर माहासेठले शिलान्यास गर्नु भएको थियो ।
शिलान्यासको करिब एक बर्ष पछी शुरु भएको निर्माण कार्य हाल संम्म सम्पन हुन सकेका छैन ।
२०७५ सालमा पुल ठेकेदार नरेन्द्र सिंहले पुलका काम पेटी ठेकेदार मौलापुर नगरपालिका वढा नं. ९ सोनरनिया निवासी आश महम्मद अंसारी लाई दिएको छ ।
मुख्य ठेकेदार सिंहले पेटी ठेकेदारलाई पुल बनाउने जिम्मा दिए पछि समयमा काम हुन नसकेको त्याहाका स्थानियहरुको भनाईरहेको छ ।
खतबहियाका स्थानियहरुले पुल निर्माण गरिएकै ठाउमा पहिला देखि होम पाईप राखेर कामचलाउ पुल बनाएका थिए तर ठेकेदारले स्कारभेटरबाट खन्नेर हटाई त्यही ठाउमा पुल बनाउन कार्य शुरु गरेका थिए ।
खतबहियाका स्थानियलाई घर प्रायोजनका लागि दिनहु कटहरिया बजार जानु परेका छन । बर्षातको समयमा घरका सरसमानहरु खरिदारी गर्न त्यहाका स्थानियलाई दिनहु आवत जावत गर्ने मुख्य बाटोको अवस्था यस्तो हुनु दुःखत रहेको स्थानियहरुको भनाई रहेको छ ।
आफनो ज्यानै जोखिममा पारेर नदि तैरिनु परेको स्थानियहरुको भनाई छन । यस बिषयलाई लियर यहाका सांसद पुर्वमन्त्री प्रभु साहलाई भन्दा अब यो कार्य चाडैं हुने आस्वासन दिदैं आएका छन ।
पुलको बिषयलाई लियर पटक पटक ताकेता गर्दा पनि संम्बन्धी निकायले चासो नलिए पछि त्याहका स्थानियहरु आक्रोशित भएका छन ।
पुलको बिषयमा ठेकेदार अब समय नदिए आफुहरु यसको बिरुद्ध आन्दोलन गर्ने त्याहाका स्थानियहरुले चेतावनी दिएका छन ।
खतबहिया बासीहरु आफनो खेतमा काम गर्न ज्यानै जोखिम पारेर दिनहु पानी तैरिएर जानु पर्ने अवस्था रहेको देखिएको छ ।
पुल नभएको कारणले गर्दा दिनहु मोटर साईकल साईकल र सवारी साधनहरु दुर्घटना भईरहेको स्थानियहरुले बताएका छन ।