रौतहट जिल्लामै पहिलो पलट गणेश चतुर्थी पुजाको कटहरियामा आयोजना धुमधामको साथ
पकाश श्रेष्ठ । रौतहट भदौ २५ गते ।
रौतहट जिल्लामै पहिलो पलट गणेश चतुर्थी पुजाको आयोजना धुमधामको साथ गरिएको छ । जिल्लाको कटहरिया बजार स्थित बिवाह भवनको प्रागङ्गमा हुन गईरहेको गणेश चतुर्थी पुजाको सम्पुर्ण त्यारी पुरा भएको समितीले जनाएको छ ।
कटहरियाका प्रसिद्ध ब्यपारी एवं समाजसेवी हरिश्चन्द्र कुश्वाहाले कटहरियाकै ब्यपारीहरु संग चन्दा संकलन गरि पुजाको आयोजना गरिएको बताउनु भयो ।
भाद्र शुक्ल पक्ष चतुर्थीका दिन गणेश चतुर्थी व्रत परेकाले सोही अवसरमा पारेर गणेश चतुर्थी पुजाको आयोजना गरिएको समितीले जनाएको छ ।
पहिलो पलट नै जिल्लामा हुन लागेको पुजाको भब्य त्यारी पुरा भएको र भदौ २५ गते शुक्रबारका दिन दिउसो दुई बजे हुने समाजसेवी कुश्वाहाले बताउनु भयो ।
पुजामा करिब तिन लाख जति खर्च हुने समितीको अनुमान छ । हिन्दुहरुको महान पर्व हरितालिका तिज र चौकचनलाई लक्षित पारेर कटहरियामा पहिलो पलट यो पुजाको आयोजना गरिएको समितीले जनाएको छ ।
सनातन हिन्दु धर्मअबलाम्बीहरुले कुनै पनि कार्य गर्दा भगवान गणेशको नाम बाट श्री गणेश्याको नम. लेखि मात्र शुरु गरने गरेको सास्त्रबिद्धहरुले बताउन छन ।
मानव जिवन संग जोडिएको शिक्षमा पनि भगवान श्री गणेशको नामबाट पठन पाठन शुरु गर्नु परेको गुरुहरुको भनाई छन ।
कुनै पनि कार्य गर्दा वा बच्चाहरुले किताब पढन शुरु गर्छन त्यसको शुरुमै भगवान गणेशलाई नै नमन गरेर पढने गरेको सास्त्रमा उलेख गरिएको छ ।
भगवान श्री गणेशको नाम बालगणपति, भालचन्द्र, बुद्धिनाथ, धूम्रवर्ण लगाएत १०८ नाममा वर्णन गरिएको छ ।
शुक्रबार दिउसो दुई बजे पुजा संम्पन गरिने र तिन बजे देखि प्रसाद बितरण गरिने समितीले जनाएको छ ।
पुजा संम्पन भएको राती पुजाको अवसरमा जागरण प्रोग्रामको आयोजना गरिएको र जसमा छिमेकी मुलुक भारतको मसहुर कलाकारले भतmी संग सम्बन्धी मात्र कलाकारिता प्रस्तुत गरिने आयोजकले बताएका छन ।
बिषेश गरेर मान जिवन शान्तिको लागि यो पुजा आयोजना गरिएको गणेश चतुर्थी पुजा समिती कटहरियाले जनाएको छ ।