रौतहटका वन क्षेत्रबाट वन कर्मचारिको मिलोमतमा काठ तस्कर गर्ने गिरोहको सक्रियता
पकाश श्रेष्ठ । रौतहट भदौ २५ गते
रौतहटका वन क्षेत्रबाट काठ तस्कर गर्ने गिरोहको सक्रियता बढ्न थालेको छ । रौतहटको चन्द्रपुर , बृन्दावन तथा चोचा सव डिभिजन बन कार्यालय क्षेत्रभित्रका वनहरुमा दिनानुदिन काचो सालका रुखहरु विनास गरि गोलिया तस्कर गर्ने गरेको स्थानियले बताएका छन ।
प्रत्येक दिन जसो काचो सालका गोलिया साइकल तथा मोटरसाइकलको प्रयोग गरि तस्करहरुले लैजादा समेत बन कर्मचारीहरुले थाह नपाउनु बन कर्मचारीहरु कै मिलोमत्तो हुन सक्ने स्थानिय को आरोपरहेको छ ।
केहिदिन पहिले कटहरिया नगरपालिका वार्ड नं. १ ढोलबजाटोल का्े पश्चिम लालबकैया खोलामा सालको गोलिया चोरि गरि राखेको ११ थान गोलिया पक्रउ भएको थियो । चोचा सब डिभिजन बन कार्यालयको जङ्गलसैया साझेदारी बन क्षेत्रमा पर्ने कालिखोला, भैसीमारा, पथलैया जङ्गल क्षेत्रको दर्जनौ सालका रुखहरु कटान गरि तस्करी भइरहेको भएतापनि वन कर्मचारीहरुले तस्कर पक्राउ गर्न सकेका छैनन ।
चोचा सब डिभिजन बन कार्यालयको जङ्गलसैया साझेदारी बन का कर्मचारिहरु को मिलो मतोमा काठ तस्कर भईरहेको स्थानियको भनाइ छ । एक साता यता मात्रै चोचा सब डिभिजन बन कार्यालय अन्तर्गत मैढा पोष्ट देखि २ किलोमिटर पश्चिम उतरमा पर्ने पथलैया जङ्गल क्षेत्रबाट दर्जनौ सालका रुखहरु कटान भैसकेको छ ।
कार्यालयका अधिकृत राजेश साहको बेवास्ताका कारण चोरी तस्करी बढदै गएको उनीहरुको दावी रहेको छ । असार महिना देखि कार्तिक मसान्तसम्म बनमा आरा, बन्चरो लिएर प्रबेश गर्न नपाईने भएपनि बन कर्मचारीको मौनताको कारण हरिया सालका रुखहरु जथाभावी कटान गरी गोलिया बनाएर तस्करी भैरहेको बताएका छन ।
रौतहटमा २९ हजार ४ सय हेक्टर क्षेत्रफलमा बन जंगल रहेको छ । जंगलसहिया, रंगपुर र बृन्दावन गरी तीन वटा साझेदारी वन र ४२ वटा सामुदायिक वन रहेको छ ।सम्बन्धित निकायको उदाशिनताका कारण रौतहटको चारकोसे झाडी रहेको बन दिनदिनै उजाडीदै गएकोमा स्थानियले चिन्ता ब्यक्त गरेका छन ।