पत्रकारसँग एसपि घिमिरेको अन्र्तक्रिया कार्यक्रम सम्पन्न

रौतहटको चन्द्रपुरका पत्रकारहरुसँग एसपि विनोद घिमिरेले अन्र्तक्रिया कार्यक्रम गर्नु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटमा भर्खर आउनु भएका घिमिरेले केही दिन अगाडी रौतहटका विभिन्न स्थानमा कार्यरत पत्रकारहरुसँग अन्र्तक्रिया गरि सक्नु भएको छ ।

आइताबार चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ स्थित हिमालयन होटलको सभा हलमा सम्पन्न सो अन्र्तक्रिया कार्यक्रममा एसपि घिमिरे रौतहटको शान्ति सुरक्षामा चासो राख्नु भएको थियो । रौतहटका पछिल्लो समय अपराधका घटनाहरुमा बृद्धि हुदै गएको र त्यसको न्युनिकरणका लागी सुरक्षा निकायहरुले उपनाउन सकिने उपायहरुसँगै सल्लाह सुझाव लिनका लागी कार्यक्रमको आयोजना गरेको घिमिरेले पत्रकारहरुलाई बताउनु भएको थियो ।

16 Push 077 final

शान्ति सुरक्षा स्थापनाका लागी पत्रकारहरुको अहम भुमिका रहने भएकाले आफु पत्रकारहरुसँगै सहकार्य गर्दै अगाडी बढ्ने घिमिरेले जिकिर गर्नु भयो । पत्रकारहरुले रौतहटका समग्र हालको स्थिती र सुरक्षा निकायले उपनाउनु पर्ने भुमिकाका बारेमा पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरीले प्रहरी प्रमुखलाई जानकारी दिनु भएको थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालयका डिएसपि लिलाराज लामिछाने , पत्रकार महासंघ रौतहटका सल्लाहकार संजय कार्की , पत्रकारहरु यादवराज पुरी , सुब्बा कार्की , रमेश तिमल्सिना , अनमोल कार्की , रुपेन्द्र पटेल , मुकेश साह , सागर हुमगाई , दिपु मिश्र , सन्तोष काफ्ले लगायत चन्द्रपुर क्षेत्रमा विभिन्न सञ्चार माध्याममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो ।