रौतहटको मौलापुरका एक गरिव परिवारलाई खाद्यान्न वितरण

रौतहट ५ असोज । रौतहटको मौलापुरका एक गरिव परिवारलाई खाद्यान्न वितरण गरिएको छ । मौलापुर नगरपालिकाको वडा नम्बर ७ पथरा बुधराम टोलका ब्रह्मदेव मुखिया बिनको परिवारलाई विभिन्न खाद्यान्न वितरण गरेको छ । कटहरिया नगरपालिका वडा नम्बर १ निवासी हाल मलेसियामा कार्यरत दिपेन्द्र प्रसाद यादव र दिपकराज यादवको आर्थिक सहयोगबाट मंगलबार सो खाद्यान्न सहयोग गरेको जनाइएको छ । सो परिवारमा बिहान बेलुका हातमुख समेत जोड्न नसकेका विपन्न गरिव परिवारलाई  चामलः– ६० केजी , आलुः– ५ केजी, प्याजः– ५ केजी , दालः– २ केजी , सोयाबीनः– १ केजी ,.खानेतेलः– १ केजी , पाकेट नमकः– १ पैकेट  , नुहाउने साबुन ६ पिस, कपडा धुने साबुन ६ पिस  , धानियाः– २५० ग्राम , खुर्सानीः– २५० ग्राम , बेसारः– २५० ग्राम राहत सामाग्री मनमोही मनोज मार्फत मंगलबार वितरण गरिएको हो । सो परिवारमा परिवारमा ३ छोरा र २ छोरी रहेका छन ।  
 

error: Content is protected !!