रौतहटको बसपार्कबाट ४० किलोग्राम चाँदीसहित एक जना पक्राउ

रौतहटबाट मंगलबारका दिन ४० किलो चाँदीसहित एक जना ब्यक्तिलाई पक्राउ गरेको छ । रौतहट जिल्लाको गौर नगरपालिका वडा नं.६ स्थित बसपार्कबाट प्रहरीले ४० किलो चाँदीसहित ३५ वर्षिय विद्यानन्द साहलाई मंगलवार बिहान पक्राउ गरेको हो । काठमाडौँबाट रौतहट आएको ज्वाला डिलक्स बसबाट ओर्लने क्रममा अस्थायी प्रहरी चौकी बसपार्कको प्रहरी सहायक निरीक्षक बडाबाबु प्रसाद यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले शाहको झोला खानतलासी गर्दा ४० किलोग्राम चाँदी भएको दुई वटा पोका बरामद भए पछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपि बिनोध घिमिरे जनाएको छ । पक्राउ पर्ने सर्लाही जिल्ला मलंगवा नगरपालिका वडा नं.२ का ३५ वर्षिय साहको दाना भएको धातुलाई दुई वटा पोका बनाएर झोलाबाट बरामद भएको र सोको चेकजाँच गर्दा ४० किलोग्राम चाँदी रहेको रौतहट प्रहरीका एसपी विनोद घिमिरेले जानकारी दिए ।इन्भेष्टमेन्ट बैंक ज्ञानेश्वर काठमाण्डौंबाट माँ जानकी एण्ड कृष्णा ज्वेलर्सको नाममा २० सेप्टेम्बरको खरिद भएको निजबाट बरामद भएको बिलमा देखिन्छ । २० लाखमा खरिद गरिएको चाँदी गौर ल्याउने क्रममा बसपार्कबाट नियन्त्रणमा लिएको सेतो धातुलाई सुनचाँदी व्यवसायीबाट परिक्षण गराउदा उक्त धातु चाँदी रहेको र वजन ४० के.जी तथा सोको आजको मूल्य ३९,४४,०००।( ९उन्नचालिस लाख चवालिस हजार० भनि खुल्न आएको हुँदा, मानिस र बरामद भएको चाँदी सहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाईएको रौतहट एसपी घिमिरले बताए छन । रौतहटमा प्रहरीले चोरी लगायत तस्करीमा सक्रियता बढाएको पाईएको छ ।

error: Content is protected !!