करैयामाई गाउँपालिकाको नवौँ गाउँ सभा सम्पन्न

असोज / ५गते

करैयामाई गाउँपालिकाको नवौँ गाउँ सभा सम्पन्न भएको छ । गाउपालिकाको प्राङ्गणमा भएको सभामा आ. व. ०७८/०७९ को लागि रु ४९ करोड ५८ लाख ६५ हजार ७ सय ९० रुपैयाको बजेट नीति तथा कार्यक्रम गाउपालिका उपाध्यक्ष चित्ररेखा चौधरीले प्रस्तुत गर्नुभएको हो ।

करैयामाई गाउपालिकाको प्रमुख भुनेश्वर धामीको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथि गाउपालिका उप-प्रमुख चित्ररेखा चौधरी,प्रमुख प्रशासकिय अधिकृत उदय शंकर चौधरी,इन्जिनियर अवधेश कुशुवाहा , योजना अधिकृत बिरेन्द्र महतो , वडा न.२ का अध्यक्ष सुरेन्द्र चौधरी,वडा न ७ का अध्यक्ष बृज चौधरी, कार्यपालिका सदस्यहरु, लेखा प्रमुख बजरङ्गी जयस्वाल,प्राबिधिक साखा प्रमुख अवधेश कुश्वाहा,सह लेखा पाल घन श्याम चौधरी,स्वास्थ सम्योजक रामनाथ चौधरी,सुचना प्रबिधि अधिकृत लालबाबु कुश्वाहा,शिक्षा सम्योजक लक्षमण भट्टराई,योजना शाखाका नासु बिरेन्द्र बाईवा,कम्प्युटर अपरेटर सतिश चौधरी,जनता माबी उमजनका ब्यवस्थापन समिती अध्यक्ष जगनारायण चौधरी,संचारकर्मी तथा सुरक्षाकर्मी लगायत गाउपालिका कर्मचारीहरुको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा उपस्थितहरुले नवौ सभाको सफलताको सुभकामना मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन योजना प्रमुख बिरेन्द्र महतोले गरेका थिए ।

error: Content is protected !!