रौतहटमा गए राती बिधुत्त कर्मचारी पटेलको मोटरसाईकल दुर्घटनामा परी मृत्यु

सागर संगम ठाकुर । रौतहट असोज ६ गते
रौतहटमा गए राती सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र मौलापुरमा करारमा कार्यरत फ्युजसेवाका कर्मचारी पटेल मृत्यु भएको हो ।
ज्लिलाको कटहरिया बाट आफनो घर र्फकिदै गरेको अवस्थामा देवाही गोनाही नगरपालिका वडा नं.६ निवासी लालबाबु राउतको छोरा अन्दाजी २५ बर्षका पप्पु पटेलको मृत्यु भएको प्रहरीले बताएका छन ।
ना ४२ प ७१४२ नम्बरको मोटरसाइकलबाट घर आउने क्रममा गएराती ९.३० मा बलुवा गाउँ नजिक उनको मोटरसाइकल दुर्घटना परि मृत्यु भएकोे प्रहरीले जनाएको छ ।
घटना लगत्तै ईलका प्रहरी कार्यलय कटहरियाबाट खटिएका प्रहरी टोलीले अचेत अवस्थामा रहेका पटेललाई उपचारको लागि कटहरिया स्थित एउटा क्लिनिकमा लैजांदा त्याहाका डाक्टरले मृत घोषणा गरेको प्रहरी धिरेन्द्र यादवले बताएका छन ।
तर पटेलको मृत्यु दुर्घटनाले नभएको र सुनयोजित तरिकाले हत्या नै गरिएको तीनका परिवारजनले आशंका गरेका छन । शवको प्रकृति हेर्दा दुर्घटना नभएको हत्या गरिएको निजका आफन्तहरुले बताएका छन ।
मृतक पटेलको शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाईएको तथा दुर्घटनाको कारण हालसम्म खुल्न नसकेको र यस बिषयमा थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी प्रमुख सई बिरेन्द्र यादवले जानकारी दिनु भयो ।

error: Content is protected !!