आफनो चरित्र हत्या गर्न बिभिन्न प्रचारबाजी गरिएको डिआईजी रन्जितकारको भनाई

प्रकाश श्रेष्ठ रौतहट । असोज ६ गते

प्रदेश २ का एक जना शिक्षकले प्रदेश नम्बर २ का प्रहरी नायब महानिरीक्षक (डिआईजी) उमेश रन्जितकारले घुमुवा महिला खटाए पैसा असुली गरिरेको भन्दै नाम जोडेर एक अनलाईनमा समाचार प्रकाशन गरापछि त्यस प्रति आफनो ध्यानआर्कषण भएको बताएका छन ।
आफु प्रति गरिएको गलत समाचार संप्रेसन प्रति कुनै सत्यता नरहेको भन्दै (डिआईजी) रन्जितकारले त्यसको खण्डण गरेका छन
बौधीमाई खबरले प्रदेश २ का डिआईजी संग कुराकानी गर्दा यस्ता कार्य प्रति आफनो कुनै संगलनता नभएको र बदनाम गराउन यस्ता साजिस रचिएको वहाले बताउनु भयो ।
रौतहट जिल्लाको गरुडा स्थित नेपाल पुलिस स्कुलमा स्थायी दरबन्दीमा विगत ५ वर्षदेखि अध्यापन गराइरहेका पर्साका उदेश कुमार पाण्डेले डिआईजी रन्जितकारको चरित्र हत्या गर्ने उदेश्यले वहाको नाम जोडेर एक महिलले आफु संग ६ लाख रुपैयाँ मागेको भन्दै एक अनलाईनमा समाचार प्रकाशन गराए पछि आक्रोश ब्यक्त गर्दै त्यसको खण्डन गरेका छन ।
पुलिस स्कुलमा करारमा जागिर खाइरहेका पाण्डेले गत बर्ष २०७७ साल १६ चैत महिनमा शिक्षक पदपूर्तिको परीक्षामा नाम निकालेका थिए ।
तर पाण्डेको आफनै कार्य शैलीको कारण स्कुलबाट निकालिएको र सो आक्रोशमा पाण्डेले गलत समाचार संप्रेशन गराएको रन्जितकारले बताए ।
गएको चैतमा प्रदेश २ मा आफु प्रमुख नरहेको र आफनो नाम जोडेर केही मेडियामा समाचार प्रकाशन आए पछि त्यस्ता न्युज प्रति कुनै सत्यता नरहेको रन्जितकारले बताएका छन ।
शिक्षक बनाइदिने भन्दै एक महिलाले २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआईजी) उमेश रन्जितकारले पैसा उठाउन लगाएको भन्दै शिक्षक पाण्डेले गरिएको प्रचारबाजी प्रति आफु छानबिन समेत गरिने वहाले बताउनु भयो ।
सर्लाही घर भएकी महिला सुशीला थापा दाहालले पर्सा जिल्ला मणिपुरका शिक्षक पाण्डेसँग ६ लाख रुपैयाँ मागेकी छन भने प्रचार गरिएको छ ।
तर डिआईजी रन्जितकारले यस्ता बिषयमा त्यो महिला संग आफनो कुनै चिनह जान नभएको र कुराकानी पनि नभएको र सोको नाम म संग जोडेर आफुलाई बदनाम गर्न शिक्षक पाण्डेले समाचार संप्रेशण गराएको आरोप लगाउनु भयो ।
यस बिषयमा सत्य तथ्य बुझन सर्लाहीकी महिला थापा संग सोध्दा शिक्षक पाण्डेले आफनो घरमा आएर मलाई आर्थिक प्रलोभनमा पार्न खोजेको र त्यसो गर्न नमान्दा उल्टै आफुलाई फसाउन डिआईजी रन्जितकार सरको नाम जोडेर गलत प्रचार गरिएको थापाले जनाएको छ ।
पाण्डे आफनो घरमा आएर बिभिन्न प्रलोभन दिएको र त्यसो नगर्दा गर्दा यस्तो षडयन्त्र रचिएको ती महिलाले बताए ।
पाण्डेले आफुलाई बल्याक मेल गर्न र डिआईजी रन्जितकारको छवी बिर्गान हदै सम्मको कार्य गर्न गरेको थापाले बताईन ।
प्रहरी कमाण्डमा राम्रो छवी बनाएका सरल स्वभाव भएका ब्यक्ती रन्जितकारलाई प्रदेश २ मा बदनाम गराउन उदेश्यले यस्तो समाचार संप्रेशन गराएको थापाले बताईन ।
यस्ता समाचार शप्रेसन गर्ने अनलाईन मेडिया प्रति कार्यवाही गर्न सम्बन्धी निकायहरुलाई थापाले माग गर्नु भयो ।
यो घटना गत बर्ष २०७७ साल चैत महिनको भएको र सो बेला आफु याहा नरहेको रन्जितकारले बताउनु भयो । राजनितीक शक्तीको आडमा ठुल ठुल्ला कुरा गर्दै पाण्डेले आफु माथी नै षडयन्त्र गरेको बताउनु भयो ।
यस बिषयमा थप बिवरण आउन बाकीं रहेका बौधीमाई खबरले जनाएको छ ।

error: Content is protected !!