ओवादी केन्द्रका वडा संयोजक राउत काग्रेस मा प्रवेश

रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ का माओवादी केन्द्रका संयोजक काग्रेस मा प्रवेश गरेका छन । चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ मंगलपुरका नेकपा माओवादी केन्द्रका संयोजक बलराम राउतसहित सयौ माओवादी केन्द्र , एमाले तथा जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरु विहिबार नेपाली काग्रेसमा प्रवेश गरेका हुन ।

विहिबार चन्द्रपुर नगरपालिका वडा नंबर १ स्थित बागमती मंगलपुरमा नेपाली कांग्रेसद्वारा आयोजित पार्टी प्रवेशको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ८० वर्षीय वृद्धासहित ठूलो संख्यामा नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन । जनता समाजवादी पार्टी निकट युवा संगठनको केन्द्रीय सदस्य समेत रहेका राम कल्याण राउतले पनि नेपाली कांग्रेस पार्टीमा प्रवेश गर्नु भएको छ ।

नेपाली कांग्रेसका नेता एबम प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमल्सिनाले माओवादी केन्द्रका चन्द्रपुर वडा नंबर १ का संयोजक समेत रहेका नेता राउत लगायतलाई पार्टीको साधारण सदस्यता सहित अबिर र खाँदा ओढाएर नेपाली कांग्रेस पार्टी प्रवेश गराउनु भएको हो । नेता राउतको प्रवेशले कांग्रेस पार्टी झन् सशक्त एबम बलियो भएको र एमाले , माओवादीमा ठूलो पहिरो गएको स्थानीय बुद्धिजीवीहरूको विश्लेषण गर्न थालेका छन ।

कम्युनिष्टको किल्ला भनेर चिनिएको चन्द्रपुर १ मा कांग्रेसको चारतारे झण्डा गाडेर देखाउने नेता राउतले दावी गर्नु भयो । रौतहटमा मात्र नभई देशैभरीका जनताले कम्युनिस्ट पार्टीको विरुद्ध तिक्तता पोख्दै नेपाली कांग्रेस रोजेको वर्तमान अवस्थामा कम्युनिष्टकोपछि लाग्नु मुर्खता भएको प्रदेश सांसद धनलाल थोकरले बताउनु भयो

error: Content is protected !!