रौतहटबाट कटुवा पेस्तोलसहित एक युवक पक्राउ

रौतहटबाट कटुवा पेस्तोल र गोलीसहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दुर्गाभगवती गाउँपालिका २ भलुईयाका २४ वर्षीय सञ्जय साह सोनार छन् ।

उनलाई १ थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने २ थान गोलीसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा हतियारसहित सोनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

error: Content is protected !!