सालको चार थान गोलियासहित साइकल नियन्त्रण

 रौतहटको बृन्दावनबाट शुक्रबार बिहान ४ थान गोलियासहित ४ ओटा साइकल वन गस्ति टोलीले बरामत गरेको छ । बिशेष सुचनाका आधारमा शुक्रबार बिहान साढे ३ बजे तस्करहरुले बृन्दावन सवडिभिजन बन कार्यालय अन्र्तगतको बन क्षेत्रबाट साल जातको रुख कटान गरि ४ थान गोलियासहित चेतनगरतर्फ ल्याउदै गर्दा टोलीले बरामत गरेको हो ।

वन गस्ति टोली र शसस्त्र बेश क्याम्प सन्तपुरको संयुक्त गस्ति टोलीले ४ थान साइकलसहित ४ थान गोलिया नियन्त्रणमा लिइएको बृन्दावन सवडिभिजन बन कार्यालयले जनाएको छ ।

बरामत गरिएको गोलिया २०.३९ क्युफिटसहित साइकललाई थप कारवाहीका डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरमा पेश गरिएको बृन्दावन सव डिभिजन बन कार्यालयले जनाएको छ । 

error: Content is protected !!