भन्सार छलीका सामग्रीसहित पिकअप भ्यान प्रहरी नियन्त्रणमा

प्रकाश श्रेष्ठ । रौतहट । अशोज १४ गते

 बुधबार रौतहटको गौर नगरपालिकाको वडा नम्बर ५ मा ना १ ज ३२९६ नम्बरको पिकअप भ्यानमा लोड गरि २० बोरा चिनीसहित खाने तेल , पतंजली विस्कुट , पार्लेजी बिस्कुट , लगायतका सामग्रीहरु ल्याउदै गरेको अबस्थामा चेकजाच गर्दा बिल बिजक नभएको अबैध भन्सार छलिका सामग्री रहेकाले प्रहरीले नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

गाडीमा सवार भारत बिहार राज्य मोतिहारी जिल्ला कुडवा चैनपुर ग्राम पंचायत घर भई हाल रौतहटको गरुडा नगरपालिकाको वडा नं. ३ बस्ने ३५ बर्षिय जोत नारायण साहले बिल बिजक नदिएकोले गाडीमा लोड रहेको अन्दाजी मुल्य एक लाख तिहत्तर हजार वरावरको चिनी, खाने तेल, पतंजली बिस्कुट, पारलेजी बिस्कुट र अन्दाजी मुल्य तीन लाख बराबरको पिकअप गाडी समेत गरि जम्मा अन्दाजी मुल्य चार लाख तिहत्तर हजार बराबरको विभिन्न माल बस्तुहरु आवश्यक कारवाहीको गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।  

error: Content is protected !!