रौतहटमा करेन्ट लागेर एक किशोरीको मृत्यु

प्रकाश श्रेष्ठ असोज २३ गते रौतहट

रौतहटमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको उत्तरी भेग फतुवा विजयपुर नगरपालिका वडा नं. ७ का रामेश्वर यादवको १४ वर्षीय छोरी रुवी कुमारी यादवको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।
घाँस लिन गएकी रुवीकुमारीलाई क्रसर उद्योगभित्रको धारामा पानी खान जाँदा करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय विजयपुरका सई प्रभु प्रसाद साहले बताउनु भयो ।
धारामा जोडिएको मोटरबाट विद्युत प्रवाह हुदा घटना भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको र घटनाबारे थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ ।

error: Content is protected !!