दशैं लागेसंगै रौतहटको बजारमा चहल पहल बढे

प्रकाश श्रेष्ठ असोज २३ गते रौतहट

दशैं लागेसंगै रौतहटको बजारमा चहल पहल बढेको छ । जिल्लाको अधिकांश बजारमा चहल पहल बढेको पाईएको छ ।
विभिन्न समाग्री निमेल गर्न जिल्लाको ग्रामीण भेगका मानिसहरु बजार आउन थालेको व्यापारीहरु बताउ“छन् ।
यता गौर–बैरगनिया बोर्डर खुल्ला भएपछि चहलपहल बढेको पाईको छ । रौतहट सदरमुकाम गौर र भारतको बिहार प्रान्तको सीतामढी जिल्लाको बैरगनिया नाका भएर आवतजावतमा सहजता भएपछि सर्वसाधानणहरुले निर्धक भएर आवतजावत गर्न थालेका छन् ।
कोरोना को जोखिमले गर्दा २०७६ को चैत ११ गते देखि सिमा बन्द गरिएको थियो । सीमा नाका संचालनमा आएपछि सो भेगका दुवै देशका नागरिकलाई सीमावर्ती बजारहरुमा किनमेल गर्न र
आवतजावत गर्न सजिलो भएको गौर नगरपालिका वडा नं—५ का स्थानिय सरोज गुप्ताले बताएका छन् । गौर बजार तथा भारतको बैरगनिया बजारमा किनमेलका लागि मानिसको यतिबेला घुइचो लाग्न
थालेको गुप्ताले बताएका छन् । स्थानीयबासीको माग अनुसार बुधबार दिउ“सोदेखि निजी तथा भाडाका सबारी साधन चलेपछि आवतजावतमा सहज भएको हो ।
भारतिय नम्वरका गाडीको गौरमा भन्सार काट्न थालिएको र तीन दिनभित्रको पिसिआर रिपोर्ट निगेटिभ हुनुका साथै खोपको मात्रा पूरा गरेको प्रमाण पेस गरेमा सजिलै प्रवेश अनुमति दिन थालेको जिल्ला प्रशासन कार्यालय रोतहटले जनाएका छन् ।
गौर नाका बाट आवागमन सहज भएपछि दुवैतिरका ब्यापारी र सर्वसाधारण खुसी भएको रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पण्डित प्रसाद जयसवालले बताएका छन् ।
नाका खुलेपछि व्यापारीहरु समेत खुशि भएको गौरका स्थानिय व्यापारी गौरी दाशले बताए । चाडपर्वको बेला नाका खुलेपछि राहत महसुस भएको दाशले बताएका छन ।

error: Content is protected !!