देवाही गोनाही नगरपालिकाको पांचौं नगर सभा संम्पन ४९ करोड भन्दा बढीको बजेट प्रस्तुत

सागर संगम ठाकुर ।रौतहट असोज २५ गते


रौतहटको देवाही गोनाही नगरपालिकाको पांचौं नगर सभा आज संम्पन भएको छ ।
नगरपालिकाको आफनै नव निर्मीत भवनमा आयोजना गरिएको पांचौं नगर सभा भब्यताको साथ संम्पन भएको हो ।
नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेलको अध्यक्षतामा आर्थिक बर्ष २०७८÷७९ को लागि कुल ४९ करोड ८६ लाख १५ हजार रुपैया बजेटको बजेट प्रस्तुत गर्नु भयो ।


नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेलले निती तथा कार्यक्रममा चालु खर्च तर्फ २५ करोड ५६ लाख २ हजार र पुजीगत खर्च तफ १५ करोड ३५ लाख ५७ हजार, समाजिक सुरक्षा भत्ता बापत ९ करोड ४० लाख ३१ हजार बजेट बिनयोजन गर्नु भयो ।
नगर सभामा नगरकापालिकाका पाचौं नगर सभामा उपप्रमुख परनिया देवी पटेल, नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र चन्द्र बन्सी , ९ औ वडाका वडा अध्यक्षहरु सम्पुर्ण कार्यपालिका सदस्य तथा वडा सदस्यहरुको सहभागिता रहेको थियो ।
आजको नगर सभा दुई तिहाईले पारित भएका छन । नगर सभामा ईलाका प्रहरी कार्यलय देवाही गोनाहीका प्रहरी उपरिक्षक राजन लम्साल,शस्त्र प्रहरीका प्रमुख ,पत्रकार र स्थानिय बुद्धिजीवीहरुको उपस्थिती रहेको थियो ।

error: Content is protected !!