आफुले पहल गरे पछि मात्र मेयर कुश्वाहाले कटहरियाको बिच सडकमा रहेको खाल्डोमा होमपाइप राखी ग्रेबले गरियो ःपत्रकार श्रेष्ठ
बौधीमाई खबर न्युज डेस्क
रौतहटको कटहरिया गाउ देखि बिर्ती जाने मुख्य सडकको बिच भागमा बर्षो देखि जिर्ण रहेको खाल्डोमा होमपाइप राखेर गिरेबल गरिएको छ ।
कटहरिया नगरपालिकाका नगर प्रमुख शियाराम कुश्वाहालाई स्थानिय पत्रकार प्रकाश श्रेष्ठले फोन गरेर पहल गार्दा कटहरिया गाउँको बाटो तुरुन्त सुचारू भएको पत्रकार श्रेष्ठले जनाएको छ ।
कटहरिया नगरपालिकाको वडा नम्बर ५ मा कटहरिया– बिर्ति सडक खण्डमा पानी जमेको कारण यात्रुहरुलाई आवतजावत गर्न निकै कठिनाई भईरहदा कसैको ध्यान त्यता तिर नपरेको र आफुले एकै चोटी पहदल गार्दा काम भएको श्रेष्ठको दावी छ ।
आज बिहानै कटहरियाका नगर प्रमुख सियाराम कुशवाहालाई फोन गर्दा मेयरले सिधा एक्सनमा आएर काम शुरु गरेको उनको भनाई छ । मेयर कुशवाहाको निर्देशनमा कार्यपालिका सदस्य रामप्रवेश साहले बाटो सुधारका काम तिब्र गतिमा गराई रहेका छन ।
वर्षमा लाखौंको बजेट चलाउने जनप्रतिनिधीले गर्न नसेको काममा पटक पटक गुनासे आईरहदा श्रेष्ठले
पहल गरे पछि कार्य शुरु भएको हो ।
दु चार टेलर ग्रेभल राखदा बाटो सुचारु हुने बाटोमा जनप्रतिनिधीले ध्यान नदिदा अवस्था यस्तो आएको थियो ।
वडावासीहरुले भोगिरहेका र्दुदास हेरे पछि पत्रकार श्रेष्ठले उक्त समस्या समबन्धमा मेयर कुश्वाहालाई जानकारी गराएका थिए ।
दिपावली र छठ पर्वको समान खरिदार गर्न हजारौ ब्यपारीहरु सोही बाटो भएर कटहरिया आउने गर्दछन् । पर्वको समयमा अत्यधिक भिडभाड हुने गरेको बाटो आज देखि पुर्ण रुपमा राम्रो भएको स्थानिय ब्यपारी अछेलाल साहले बताएका छन ।