जनमतका कार्यकर्ताबीच झडप, आधा दर्जन घाइते

मसाल जुलुस प्रदर्शनको क्रममा रौतहटको सदरमुकाम गौरमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ ।

झडपमा परेर आधा दर्जन जनमत पार्टीका कार्यकर्ता घाइते भएका छन् ।

शुक्रबार साँझ गौर स्थित बिपी चौकमा मसाल जुलुस प्रदर्शन गर्न खोज्दा जनमतका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।

शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले लाठीचार्ज गर्दा झडप भएको र जसमा आधा दर्जन कार्यकर्ता घाइते भएको जनमत पार्टीले जनाएको छ ।

नारा जुलुस लगाउँदै आएका जनमतका कार्यकर्ताले बिपी चौकमा पुगेर अराजक गतिविधि गर्न खोजेपछि सामान्य बल प्रयोग गरेको रौतहटका प्रहरी प्रवक्ता डिएसपी नारायण प्रसाद चिमोरियाले बताए ।

error: Content is protected !!