समाजसेवी जयसवाल द्धारा छठ ब्रतालुलाई दउरा र सुपली वितरण
रोतहट । २०७८ कार्तिक १५ गते
लोसपाका नेता एवं समाजसेवी कन्थमणी प्रसाद जैसवालले छठ गर्ने ब्रतालुलाई बासबाट बनाईएको दउरा र सुपली वितरण गरेका हुन ।
वडा नं.८ बसबिटी जिनगडिया र वाड नं. ७ भिन्डावरमा शुभ दिपावली तथा छठ पर्वको अवसरमा लोसपा पार्टीले आयोजना गरेको शुभकामना अदानप्रदान कार्यक्रममा नेता जयसवालले दलित समुदाय र अन्य समुदायका ब्रतालुलाई दउरा र सुपली वितरण गरिएका छन ।
नेता जैसवाल आउने स्थानिय तहको निर्वाचनमा गरुडा नगरपालिकाको मेयर पदमा नै उमेदवार दिने बताएका छन ।
अहिलेको अवस्थामा गरुडा नगरपालिकामा भएको विकास हेर्दा निकै नै पछाडी परिएको बताउनु भयो ।
जिल्लाको १८ वटा स्थानिय तह मधे सब भन्दा पछाडी परिएको अन्य तहको रुपामा गरुडा नगरपालिका नै रहेको बताउनु भयो ।
नेता जयसवालले आउने निर्वाचनमा स्थानिय तहको निर्वाचनमा आफु निर्वाचित भए गरुडा नगरपालिकालाई विकासको गतिमा ल्याउन कुनै कसर बाकी नराखिने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।
कार्यक्रम मार्फत नेता कन्थमणी जैसवालले आफुलाई अमुल्य भोट दिएर जिताउन मतदाता संग आग्रह समेत गर्नु भयो ।
आफु निर्वाचित नभएपनि बेला बेलामा गरिब, दलित र असहाय बर्गका समुदायहरुलाई पर्वको बेलामा सहयोग गरिदै आएको बताउनु भयो ।
आफ्नो ब्यक्ती गत लगानीमा सके सम्म सहयोग गरिदै आएकाले आउने दिनमा समेत सहयोग गरिने आश्वासन दिनु भयो ।
नेता जयसवालले आउने निर्वाचनमा गरुडा नगरपालिकाको सम्रग बिकाशका लागि मेयर पदमा विजय बनाउन सबै संग बिनम्र आग्रह गर्नु भयो ।
वहाले बिगत केही बर्ष देखि आफ्नो निजि लगानीमा नगरपालिका अन्तरगत बिभिन्न वडाहरुमा समाग्रीहरु बितरण गरिदै आएको बताउनु भयो ।
साथै वहाले आजनै दुई वटा वडामा छुटाछुटै कार्यक्रम मार्फत करिब ३ सय भन्दा बढी छठ ब्रतालुलाई दउरा र सुपली वितरण गर्नु भएको बताउनु भयो ।
शुभकामना आदानप्रदान कार्यक्रमलाई संम्बोधन गर्दै प्रमुख अतिथि लोसपाको बरिस्ठ नेता एवं रौतहट क्षेत्र नं. १ का संघिय सांसद तथा पुर्व मन्त्री अनिल कुमार झाले दलित समुदाय अहिले पनि पिछडिएका मुख्य कारण निर्वाचन हुनु अघि दारु मासु र पैसाको भरमा बिक्री हुदा पछाडि परेको बताउनु भयो ।
त्यसैले आउने निर्वाचनमा सचेत भएर मतदान गर्न सबै संग अनुरोध गरेका छन ।
शुभकामना आदानप्रदान कार्यक्रममा धवनारायण नगपालिकाको मेयर प्रत्यासी लोसपाका नेता लीला साह लगायत सायौको संख्यामा सहभागिता रहेको थियो ।