जनकपुरधाममा निषेधाज्ञा मंगलबारसम्मको लागि बढाइयो

धनुषाको जनकपुरधाममा दुई समुदाय बिच भएको विवादलाई लिएर लगाइएको निषेधाज्ञालाई बढाइएको छ ।

प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले आइतवार जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० मा लगाएको निषेधाज्ञालाई मंगलबार राति १० बजेसम्मको लागि बढाउने निर्णय गरेको जानकारी दिए ।

16 Push 077 final

जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० मा छठ पर्वमा अर्घ राख्नका लागि बनाउन लागेको घाटको विषयमा हिन्दु मुस्लिम समुदायबिच विवाद भएको थियो । सोही विवाद शनिवार उग्ररुप लिएपछि स्थानीय प्रशासनले शनिवार निषेधाज्ञा जारी गरेको थियो ।

प्रजिअ बास्तोलाले शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै मंगलबार राति १० बजेसम्म निषेधाज्ञा बढाइएको जानकारी दिए ।


पूर्वमा जलाद नदीको कल्री बाँध, पश्चिममा जनकपुर–जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको छ ।