माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’ अस्पतालबाट डिस्चार्ज

बौद्धिमाई न्यूज डेक्स । कार्तिक २८ गते ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पतालबाट डिस्चार्ज भएका छन् । रक्तचाप बढेपछि अध्यक्ष प्रचण्ड शनिबार मेडिसिटी अस्पताल भर्ना भएका थिए ।

डाक्टरहरुको सल्लाहअनुसार एक रात अस्पताल बसेपछि आइतबार प्रचण्ड डिस्चार्ज भएका हुन् । चिकित्सकका अनुसार अध्यक्ष प्रचण्डको स्वास्थ अवस्था सामान्य रहेको छ ।

केही दिनअघि विभिन्न जिल्ला भ्रमण गएकाले दौडधुपका कारण उनको रक्तचाप बढेको थियो ।
उनी अस्वस्थ्य भएपछि रौतहट आउने कार्यक्रम स्थगित भएको छ ।

16 Push 077 final

प्रचण्डको हिजो अचानक स्वास्थ्य अवस्था खराब भएपछि उनी आउने पूर्व निर्धारित कार्यक्रम स्थगित भएको माओबादी केन्द्रका समाजसेवी युवा नेता नसरुदिन अंसारीले जानकारी दिनु भयो ।

प्रचण्डले भोली रौतहटको कटहरियामा हुने बिशाल आम सभा सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।
तर अचाना स्वास्थ्य अवस्था बिग्रिए पछि अस्पताल भर्ना भएका थिए ।

प्रचण्डको स्वस्थ्य सुधारका लागि केही दिन रेस्ट गर्न डाक्टरले सुझाव दिए पछि पूर्व निर्धारित कार्यक्रम स्थगित भएको केन्द्रिय सदस्य युवराज भटराईले बताएका छन ।
भोली हुने आम सभालाई लियर समाजसेवी नसरुदिन अंसारीले कटहरिया बजारमा जोर सोरका साथ भव्य पंण्डाल बनाई राखेका थिए ।