बिधुत चुहावट गर्ने ८ ओटा पानी तान्ने मोटर मौलापुर बितरण केन्द्रद्धारा बरामद

रबिन्द्र प्रजापति, मंसिर ०८ गते रौतहट ।

रौतहटमा बिधुत चुहावटमा बृद्धि भएको पाईएको छ । बिधुत चुहावट बृद्धि हुँदा बिधुतिय कर्मचारीहरुले आफ्नो सक्रियता बढाएको पनि पाईएको छ । नेपाल बिधुत प्राधिकरणले चुहावट नियन्त्रण गर्न फाईबरको तार लगाउदा पनि सेवाग्राहीले चोरी गरिरहेको पाईएको छ ।

मंगलबार जिल्लाको मौलापुर नगरपालिका अन्तर्गत रहेको मौलापुर बितरण केन्द्र रौतहटले हुकिङ्ग गरिहेको बिभिन्न समाग्रीहरुलाई नियन्त्रणमा लिएको छ । मौलापुर अन्तर्गत रहेको बिभिन्न ठाउँमा चेकिङ्ग गर्दा सो समानहरु बरामद भएको जनाएको छ ।

चेकिङ्गमा मौलापुर ईलाका प्रहरी र बंकुल सशस्त्र प्रहरीको संयुत टोलीद्धारा गरिएको निरिक्षणमा चुवाहट गरिरहेको अवस्थामा सो टोलीले आज९मंगलबार० ८ थान बिधुतिय पानी तान्ने मोटर र हुकिङ्ग गर्नमा प्रयोग गरिएको तार बरामद गरिएको मौलापुर बितरण केन्द्र रौतहटले जनाएको छ । गत असोज २१ बिधुत प्राधिकरणले बिधुत हुकिङ्ग गरेको आरोपमा रौतहटबाट १३ जना मानिस पक्राउ परेका थियो ।

नेपाल बिधुत प्राधिकारण गौर र सुरक्षाकर्मिको संयुत टोलीले बिधुत चोरेको आरोपमा उनीहरुलाई पक्राउ गरेका थियो ।

बिधुत चुहावट नियन्त्रको लागी खटिएको विद्युत प्राधिकरणको कर्मचारी र सुरक्षाकर्मीको टोलिले रौतहटको परोहा र राजपुर नगरपालिकाबाट १३ जनालाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको थियो । विद्युत प्राधिकरणले पहिलो चरणमा विद्युत चोरी नगर्न प्रचार प्रसार गरेको थिए । पक्राउ परेका सबैजनालाई नगद जरिवाना स्वरुप नगद असुल गरेपछि छोडेको विद्युत प्राधिकरण गौर शाखाले जनाएको थियो ।

error: Content is protected !!