रौतहट सहित तराईमा चिसो बढ्दै
रबिन्द्र प्रजापति, मंसिर ०८ गते रौतहट ।
रौतहट लगाएत तराईमा बाक्लो हुस्सु लागन थालेको छ चिसो बढ्दै जाँदा रौतहट लगाएत तराईका जिल्लहरुमा जनजिवन कष्टकर बन्दै गएको छ
जाडो र बाक्लो हुस्सुको कारण रौतहटको गौर, गरुडा, कटहरिया, चन्द्रनिगाहपुर, लगाएतको विभिन्न स्थानको बजारमा बिहान र बेलुकाको समयमा चहल पहल घटेको पाईएको छ
चिसोका कारण खासगरी बालबालिका वृद्धवृद्धाहरु र दिर्घ रोगीहरु बढी मारमा पर्ने भएका छन् यो समय गाउँघरमा चिसोबाट बचनका लागी आगो बलेर ताप्ने गरेका छन
रौतहटमा बिहानै बिहानै केहि तुषारो र चिसो महसुस हुँदा पनि १० बजे देखि घाम लाग्दा मानिसहरु काम गर्न निस्कि रहेका छन
चिसोबाट बच्नका लागी बालबालिका लगायत बृद्धबद्धाहरुलाई न्यानो कपडा ,तातो पानि खाने जस्ता उपायहरु अपनाउन आवश्यक रहेको स्वास्थ्य कर्मीहरुको सुझाव रहेको छ
फोटो फाईल /