कटहरिया र देवाही गोनाही नगरपालिकामा हुकिङ गरेर विद्युत चोरी गर्ने ७ जना पक्राउ

रबिन्द्र प्रजापति, मंसिर १५ गते रौतहट । 

कटहरिया र देवाही गोनाही नगरपालिकामा हुकिङ गरेर विद्युत चोरी गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कटहरिया नगरपालिका वडा १ का राधेश्याम यादव,वडा २ का राजु प्रसाद यादव,सरफलाल यादव,र राजकिशोर साह रहेका छन् ।
त्यसैगरी अन्य पक्राउ पर्नेमा कटहरिया ३ बडेरवाका का नथुनी भांट,रामगुलाम पाश्वान र देवाही गोनाही ४ का महेन्द्र बैठा रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले बताएका छन ।

नेपाल विद्युत प्राधिकरण मौलापुर बितरण केन्द्रको चुहावट नियन्त्रण टोली ,ईलाका प्रहरी कार्यालय गरुडा, सशस्त्र बेस क्याम्प देबाही र सशस्त्र बेस दुधियभारको संयुक्त टोलीले डाईरेकट हुकिग गरि विद्युत चोरी गरिरहेको अवस्थामा उनीहरुलाइ नियन्त्रणमा लिएको हो।
विद्युत चोरिगर्न उनिहरुले प्रयोग गरेको २ थान मोटर र १ थान दुध क्यान बरामद गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका सातैजना हाल ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको र नियमानुसार जरिवाना तिरे पछि छुट्ने विद्युत प्राधिकरण मौलापुरका प्रमुख सन्जिव कुमार दाशले जानकारी दिएका छन् ।

error: Content is protected !!