संघिय सरकारका वन तथा वातावरण मन्त्री यादवले रौतहटका सयौं अपाङ्गलाई सम्मान गर्नुका साथै सहयोगी सामग्रि वितरण

रबिन्द्र प्रजापति, मंसिर १५ गते रौतहट ।

संघिय सरकारका वन तथा वातावरण मन्त्री रामसहाय राय यादवले रौतहटका सयौं अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गर्नुका साथै सहयोगी सामग्रि वितरण गरेका छन ।
रौतहटको माधवनारायण नगरपालिका ६ माधोपुर बजारमा मंगलवार आयोजित अपाङ्गहरुलाई सम्मान तथा सामग्रि वितरण कार्यक्रममा मन्त्री यादवले जिल्लाका विभिन्न पालिकाका शारीरीक रुपमा पुर्णरुपमा अपाङ्ग भएका व्यक्तिहरुलाई विभिन्न सामग्रि वितरण गरेका हुन ।
मंसिर १७ गते परेको अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर वन तथा वातावरण मन्त्री यादवले जिल्लाको माधवनारायण, देवाही गोनाही, गढिमाई, गरुडा, राजदेवी नगरपालिका र दुर्गाभगवती तथा यमुनामाई गाउँपालिकाका पुर्णरुपमा अपाङ्ग भएका १५ जनालाई ट्राई साइकल वितरण गरेका छन ।
मन्त्री यादवले २०, २० जनालाई छडी र बैशाखी वितरण गरेका छन भने दुई सय भन्दा बढी अपाङ्गहरुलाई दोसला एवं एक एकथान कम्वल ओढाएर सम्मान गरेका हुन ।
प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले उपलब्ध गराएको उक्त सामग्रिहरु वन मन्त्री रामसहाय यादवले शारीरीक रुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई वितरण गरेका हुन ।
वन मन्त्री रामसहाय र कृषि राज्य मन्त्री योगेन्द्र दुवै जना संयुक्त रुपमा नै उक्त सामग्रिहरु बाँडेका थिए ।
जनता समाजवादी पार्टीका माधवनारयण नगर कमिटिले आयोजना गरेको अपाङ्गहरुलाई सम्मान तथा सामग्रि वितरण कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका केन्द्रिय महासचिव एवं वन तथा वातावरण मन्त्री
रामसहाय यादवले जलवायु परिवर्तनका कारण पृथ्वीमा मानव जातिको अस्तित्व नै खतरामा पर्ने सम्भावना बढेको बताएका छन ।
पछिलो समय पृथ्वीमा तापक्रम दिनानुदिन बढ्दै गएको कारण मानव जातिको अस्तित्व पनि गम्भिर खतरामा पर्ने सम्भावना बढ्दै गएको मन्त्री यादवले बताए ।


मन्त्री यादवले भने पछिल्लो समय विश्वभर जलवायु परिवर्तनको मुद्दालाई निकै चासो र चिन्ताको विषय बनाइएको छ, किनकि यसको प्रभावका कारण कालान्तरमा मानवजातिको अस्तित्व नै संकटमा पर्ने हो कि भन्ने चिन्ता उत्पन्न भएको छ ।
जलवायु परिवर्तन रोकथाम तथा नियन्त्रणका लागि बेलायतमा संयुक्त राष्ट्रसंघले हालै आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट वन तथा वातावरण मन्त्रीको हैसियतले आफु भाग लिएको
बताउँदै उनले सम्मेलनमा नेपाल सहित विश्वका अधिकांश देशहरुमा जलवायु परिवर्तन तिव्र गतिमा बढदै गएको कारण पृथ्वीको अस्तित्व नै गम्भिर संकटमा पर्ने खतरा रहेको संयुक्त राष्ट्रसंघले जनाएको बताए ।
जलवायु परिवर्तन गराउनमा नेपालको भूमिका नगन्य छ, तर जलवायु परिवर्तनका कारण हाम्रा हिमालमा हिउँ पग्लँदै गएको छ भने सेता हिमालहरू काला पत्थरमा परिणत हुँदैछन्, त्यस्तै हिमनदीहरू सुक्न थालेका छन् भने हिमपहिरो जाने खतरा बढिरहेको छ उता पानीका मुहान समेत सुक्न थालेका छन् भने कृषि उब्जनीमा हृास आउन थालेको उनले बताए ।
सम्मेलनमा पृथ्वीको बढदै गएको तापक्रम घटाउन तथा जलवायु परिवर्तनलाई रोकथाम गरी मानव जातिको अस्तित्व बचाउन वृक्षारोपन गरी वनजंगल लगाउन विभिन्न देशहरुले जोड दिएको उनले बताए ।
नेपालमा जलवायु परिवर्तन हुने क्रम नरोकिए ठुलठुला बाढी, पहिरो आउने र जनधनको ठुलो क्ष्ति पुरयाउने तथा आँधीबेहरीका घटनाहरु समेत बढने उनले बताए ।
नेपालमा बढदै गएको जलवायु परिवर्तनलाई रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्न आफुले अन्तर्राष्ट्रिय सम्मेलनमा जोडदार आवाज उठाएको उनले बताए ।
जलवायु परिवर्तन रोकथाम तथा नियन्त्रणका लागि बेलायत, अमेरिका, अफ्रिका लगाएतका देशहरु नेपाललाई आर्थिक सहयोग गर्न तयार रहेको मन्त्री यादवले बताए ।
सन २०४५ सम्म विश्वको तापक्रम ० जीरोमा झार्ने लक्ष्यका साथ संयुक्त राष्ट्रसंघ लागिपरेको समेत उनले बताए ।
यसैविच वन तथा वातावरण मन्त्री रामसहाय यादवले मंगलवार नै माधवनारायण नगरपालिका ६ माधोपुर स्थित श्रीराम जानकी मन्दिर अर्थात (मठ) को शिलान्यास गरेका छन ।
प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवकोे संसदीय कोषको लाखौंको लागतमा निर्माण हुन लागेको उक्त मठको मन्त्री यादवले शिलान्यास गरेका हुन ।
सो अवसरमा राज्य मन्त्री योगेन्द्र यादव, प्रदेश २ का विकास समितिका सभापति एवं प्रदेश सांसद शेख फुलबाबु, जसपाका केन्द्रिय सदस्य रेवन्त झा,
विन्देश्वर यादव, चुल्हाई राय, माधवनारायण नगरपालिकाका मेयर विरेन्द्र यादव, जसपाका प्रदेश सदस्य श्याम विहारी यादव, राजकुमार दास लगाएतको सहभागिता रहेको थियो ।

error: Content is protected !!