रौतहटका सामुदायीक विद्यालयले विभिन्न बाहाना बनाई पढाइको नाममा मनलाग्दी शुल्क उठाउदै
रबिन्द्र प्रजापति, मंसिर १९ गते रौतहट ।
रौतहटमा रहेका सामुदायीक विद्यालयले विभिन्न बाहाना बनाई पढाइको नाममा मनलाग्दी शुल्क लिने गरेको पाइएको छ।
रौतहटको अधिकांस सामुदायीक विद्यालयहरुले परिक्षा शुल्क ,खेलकुद शुल्क अग्रेजी माध्यमको पढाई शुल्क भन्दै निजि विद्यालयकै हाराहारीमा रसिदनै काटेर रकम असुल्ने गरेको विद्यार्थीहरुको गुनासो छ ।
एउटै विद्यालयमा पढन आँउने विद्यार्थी कोही टाई सुटमा र कोही थोत्रा ड्रेसमा विद्यालय आँउने गरेका छन् ।
चन्द्रपुरको जनज्योती माध्यमिक विद्यालयमा केही दिन पहिला चर्को शुल्कको बिषयलाई लिएर विद्यार्थी र शिक्षक बिच बिवाद समेत भएको थियो ।
सरकारले सामुदायीक विद्यालयले कुनै पनि बाहानामा एक रुपैया शुल्क लिन नपाउने कानुनी प्रवधान रहेपनि विद्यालयहरुले मनलाग्दी शुल्क उठाई रहेका छन्।
गौरमा रहेको जुद्ध माध्यमिक विद्यालयमा विद्यार्थीसंग अग्रेजी माध्यमको पढाइ वापतको शुल्क लिएको भन्दै विद्यार्थीहरुले विद्यालयमा तोडफोड गर्नुको साथै शिक्षकहरु बिरुद्ध चर्को नारावजी गरेका थिए ।
चन्द्रपुरको शिक्षा शाखाले सामुदायीक विद्यालयले बिभिन्न बाहानामा बिद्यार्थीसंग चर्को रकम लिएको बिषयमा कनै चसो नदिएको अभिभावकहरुको भनाइ रहेको छ ।
सामुदायीक विद्यालयमा विद्यार्थीहरु संग लिने चर्को शुल्कको बिरुद्धमा रौतहटमा रहेका बिभिन्न राजनैतिक दल सम्वद्ध विद्यार्थी संगठनले कुनै चासो नलिएको गुनासो समेत बढदै जान थालेको छ ।
अनेरास्ववियुका केन्द्रीय सदस्य रबि राना मगरले चन्द्रपुर नगरपालिकाले तत्काल कुनै पनि बाहानामा विद्यार्थीबाट शुल्क असुल्ने काम बन्द नगरे आफुहरुले आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
यता चन्द्रपुरका नगर प्रमुख रामचनद्र चौधरीले सामुदायीक विद्यालयहरुले विद्यार्थीसंग शुल्क असुलेको बिषयमा आफुलाई कुनै जानकारी नभएको र त्यसरी मनलाग्दी शुल्क असुल्ने विद्यालयहरुलाई कार्वाही गर्ने बताएका छन्।