रौतहटको गढीमाई नगरपालिकाका दुईवटा बिधालयमा ल्यान्स कल्ब हेटौंडा द्धारा शैक्षिक समाग्री बितरण

सागर संगम ठाकुर रौतहट । मंसिर १८ गते

रौतहटमा ल्यान्स कल्ब हेटौंडा भुटनदेवी बिधार्थीहरुलाई शैक्षिक समाग्री बितरण गरेका छन ।
जिल्लाको गढीमाई नगरपालिका वडा नं.७ का दुईवटा बिधालयमा एकै साथ शैक्षिक समाग्री र ब्याग बितरण गरिएको हो ।
वडा नं. ७ टोल धनाडीमा ल्यान्स कल्ब हेटौंडा भुटनदेवी अन्तरगतको संस्था लियो कल्ब भुटनदेवीले आफनो आर्थिक लगानीमा १५१ जना बालबालिकाहरूलाई कप्पी कलम र स्कुल बैग बितरण गरिएको बिधालयका प्रअ मनसाद आलमले जानकारी दिनु भयो ।
स्थानिय समाजसेवी मनिर आलमको रोहबरमा श्री हनुमान प्राबि र मकतब फलाहुल अतफाल बिधालयको प्रङ्गनमा आयोजित कार्यक्रममा शैक्षिक समाग्री बितरण गरिएको हो ।

त्यस्तै बितरण कार्यक्रममा बोल्दै ल्यान्स कल्ब रौतहटका अध्यक्ष एवं पुर्व प्रअ राम एकवाल यादवले ल्यान्स कल्ब एउटा यस्तो संस्थाहो जसले सधै आफत बिपतको समयमा नागरिकहरुलाई सहयोग गर्दै आईरहेको छ ।
यादवले गत बर्ष रौतहटमा आएको बाढीले क्षति पु¥र्याएको पिडितहरुलाई आर्थिक सहयोग गरेको बताउनु भयो ।
उनले बिगतका दिनमा यो संस्थाबाट बुढापकाहरुलाई साक्षर बनाउनको लागि कार्यक्रम ल्याउदा सफल हुन नसकेको र अहिले फेरी त्यही संस्थाले बिधालय भन्दा बाहिर रहेका बालबालिकाहरुको लागि शिक्षा कार्यक्रमम ल्याएको जानकारी समेत दिनु भयो ।
अध्यक्ष यादवले आफुहरुले जस्तो सुकै चुनौतीको सामना गरे पनि आफना छोराछोरीहरुलाई स्कुलमा पढाउ सबै संग आग्रह गर्नु भयो । शिक्षामा राम्रो लगानी नभए देशमा कुनै पनि बिकाश सम्भव नहुने बताउदै सर्वप्रथम शिक्षमा लगानि गर्न अभिभावकहरुलाई सुझाव दिनु भयो ।


संस्थाका अध्यक्ष गयात्री श्रेष्ठको अध्यक्षतामा प्रमुख अथिती सरिध्द्धी श्रेष्ठ बिशिष्ट अथिती धनाडी निवासी हाल हेटौंडामा बस्ने समाजिक अभियानता डा.मनिर आलमको विशेष पहलमा अति बिपन र गरिब परिबारका बालबालिकाहरुलाई उक्त शैक्षिक समाग्री बितरण गरिएको संस्थाका अध्यक्ष श्रेष्ठले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अथिती संस्थाकी अध्यक्ष गायत्री श्रेष्ठले अहिले पनि हम्रो समाजमा महिला र पुरुष बिचको भेदभाव कायमै रहेको बताउदै त्यस्ता सोचमा परिर्वतण गर्नु पर्ने सबै संग आग्रह गर्नु भयो ।
तराईका जिल्लाहरुमा छोरालाई राम्रो स्कुलमा पढाउने राम्रो कपडा, राम्रो खान्ना र छोरीहरुलाई राम्रो शिक्षाबाट बन्चित गरि घरको काममा लगाई शिक्षाबाट बचिंत गराईरहेको भन्दै त्यस्तो नगर्न अभिभावक संग आग्रह गर्नु भयो ।
त्यस्तै बितरण कार्यक्रममा बोल्दै बिशिष्ट अथिती स्थानिय डा.मनिर आलमले आज आफु नपढे लेखेको भए सायद अहिले यस्तो ठाउमा पुग्नै नसकने बताएका थिए । बालबालिकालाई शिक्षमा भेदभाव छोरा जस्तै छोरीलाई पनि व्यवहार गर्नु पर्ने उपस्थिती सम्पुर्ण अभिभावक संग अनुरोध गर्नु भयो ।


त्यस्तै अर्का वक्ता शिक्षक हरेन्द्र यादवले यस दुर्गम ठाउमा आएर बिधार्थीहरुलाई गरिएको शैक्षिक समाग्री बितरण प्रति संस्थालाई धन्याबाद दिनु भयो ।
वहाले आजको बालबालिका भोलीको लागि देशकै कर्णधार हो भन्दै आफनो—आफनो छोराछोरीहरुलाई आजै देखि बिधालय पठाउ अभिभावकहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रमको शुरुआतमा स्वागत मन्तब्य संस्थाकी लाईनस कोडिनेटर पुष्पा भटले गरेको थियो भने कार्यक्रमको संचालन संस्थाकी सचिव लाईनस रिता देवी वाईबा लामाले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा शिक्षक बिधार्थी र स्थानिय भद्धभलादमीहरुको बिषेश उपस्थितीरहेको थियो ।

error: Content is protected !!