रौतहटमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, स्थानीयद्धारा प्रदर्शन
रबिन्द्र प्रजापति, मंसिर २० गते रौतहट ।
रौतहटको दुर्गाभगवती गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।ठक्कर दिएर भागेको ब्यक्तिलाई प्रहरीले न समातेको भन्दै स्थानिय प्रदर्शनमा उत्रिएका छन् ।
मोटरसाइकलको ठक्करबाट दुर्गा भगवती गाउँपालिका–३ का १६ वर्षीय सन्तोष कुमार झाको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरीले भगाएको पिडित पक्षको आरोप छ । शनिवार दिउँसो करिब ३ बजेको समयमा पहिचान नखुलेको मोटरसाइकल चालकले एक जना साइकल चालकलाई ठक्कर दिई फरार भएका थिए । ठक्कर कारण साइकल यात्रुको उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनापछि जनप्रतिनिधिले र प्रहरीले कुनै कार्वाही नगरेको भन्दै स्थानीय आज आन्दोलित भएका छन् । जिल्लाको गौर–गंगापिपर सडक अबरुद्ध गरि स्थानीय प्रदर्शन गरि रहेका छन् ।
घटना भएपछि आफुुलाई कसैले खबर नगरेको र पछि गएर आफुलाई सो घटनाबारे पत्ता लागेको ईलाका प्रहरी कार्यालय दुर्गाभगवतीका प्रवत्ता उपेन्द्र यादवले बताए । उनका अनुसार सिसिटिभिको भिडियो हेर्दा मोटरसाइकल र नम्बरको अझै पहिचान हुन नसकेको छैन ।
दुुर्गाभगवती गाउँपालिका ३ मा अवस्थित सरस्वती माध्यमिक विद्यालय नजिक शनिवार मोटरसाइकले ठोक्कर दिदाँ एक जना स्थानिय साइकल चालकको काठमाण्डौँमा उपचारको क्रममा मृत्यु भएको थियो । दोषीलाई कार्वाहीको माँग गदै स्थानियहरु सडक अबरुद्ध गरि प्रदर्शन गरिरहेका छन् ।