मिर्चैयाका मेयर यादवलाई पक्राउ गर्न माग गर्दै जनता समाजवादी पार्टीका आन्दोलन सुरु

सिरहा, मंसिर २ गते ।

सिरहाको मिर्चैयाका मेयर श्रवण यादवलाई पक्राउ गर्न माग गर्दै जनता समाजवादी पार्टी (जसपा) आन्दोलन सुरु गरेको छ ।

मेयर यादवविरुद्ध ज्यान मार्ने मुद्दामा पक्राउ पुर्जी जारी भएपनि प्रशासनले पक्राउ नगरेपछि आईतबार जसपाका सयौं नेता कार्यकर्ता मिर्चैया बजारमा प्रदर्शन गरेका हुन् ।

No description available.

उनीहरुले बजारको विभिन्न भागमा परिक्रमा पश्चात ईलाका प्रहरी कार्यालय मिर्चैया घेराउ समेत गरेका छन् ।

‘भ्रष्ट मेयर मुर्दावाद’, ‘मेयर यादवको सम्पत्ती छानविन गर’, ‘अपराधी मेयर यादवलाई पक्राउ गर’ जस्ता नारा जसपाका नेता कार्यकर्ताले लगाएका छन् ।

उच्च सरकारी वकिलको कार्यालय राजविराजले मेयर यादवमाथि ज्यान मार्ने मुद्दा चलाउन भनेपनि प्रहरीले पक्राउ गर्न चासो नदेखाएका कारण आन्दोलन गर्नुपरेको जसपा नेता अजय साहले बताए ।

उनले मेयर यादव व्यापक भ्रष्टाचार गरेकाले सम्पत्ति छानविन गर्नुपर्ने माग समेत गरे । उनले भने, ‘मेयर यादवको सम्पत्ति छानविन र ज्यान मार्ने मुद्दामा पक्राउ नगरे जसपा चरणबद्ध आन्दोलन गर्छ ।’

कोरोना महामारीका कारण समस्यामा परेको दलित विपन्नलाई राहत वितरण गर्ने क्रममा मिर्चैयामा दोहोरो झडप भएको थियो ।

झडपमा घाईते आमोद भनिने विजय कुमार यादवले मेयर यादवमाथि मुद्दा दर्ता गराएका थिए । तर सरकारी वकिलको कार्यालय सिरहाले मुद्दा दर्ता नगर्ने निर्णय गरे । पछि उच्च सरकारी वकिलको कार्यालय राजविराजले मुद्दा दर्ता गरी अनुसन्धान गर्न आदेश जारी गरेको छ ।

No description available.

उच्च सरकारी वकिल कार्यालय राजविराजको आदेश अनुसार मेयर यादवलाई हाजिर हुन पत्र पठाउने र हाजिर नभए पक्राउ गर्न ईलाका प्रहरी कार्यालयलाई जिल्ला सरकारी वकिलको कार्यालय सिरहाले मंसीर ८ मै पत्राचार गरेको थियो । तर प्रहरीले हालसम्म मेयरलाई पक्राउ गर्न चाँसो देखाएको छैन ।

error: Content is protected !!