काठमाडौंको चाबहिलबाट चोरी भएको मोटरसाइकल रौतहटबाट बरामद
रबिन्द्र प्रजापति, मंसिर २१ गते रोतहट ।
काठमाडौंबाट चोरी भएको मोटरसाइकल रौतहटमा फेला परेको छ ।
चाबहिलस्थित ओम अस्पतालबाट कार्तिक २१ गते चोरी भएको बा ४३ प २९१२ नम्बरको पल्सर मोटरसाइकल रौतहटको माधव नारायण नगरपालिका वडा नंं १ दिपही चौकमा चेकजाँचको क्रममा फेला परेको छ ।
पार्किङ गरी राखिएको मोटरसाईकल चोरी भएपछि खोजतलासको लागि महानगरीय प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो ।
सोही उजुरीको आधारमा सवारीधनी गुप्त प्रसाद मिश्रलाई आज उक्त मोटरसाइकल हस्तान्तरण गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए ।