महोत्तरीमा एक अधवैशे व्यक्ति मृत फेला

रबिन्द्र प्रजापति, मंसिर २१ गते रौतहट ।

महोत्तरीमा एक अधवैशे व्यक्ति मृत फेला परेका छन । जलेश्वर नगरपालिका ७ अन्कार घर भएका अन्दाजी ४२ वर्षिय रामसृष्ठ यादव मृत फेला परेका हुन् ।

उनी एकडारा गाउपालिका ५ गेना बथनाहामा रहेको ईटा भट्टा नजिकै रहेको पोखरीमा मृत अवस्थामा भेटिएका हुन् ।उनको शव पोष्टमार्टमको लागि जलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बताए । उनको मृत्यु, हत्या वा दुर्घटना के हो भन्ने अहिले खुलिनसकेको र पोष्टमार्टमको रिपोर्टपछिमात्र केहि भन्न सकिने प्रहरीले बताए ।

गत शुक्रवार शसस्त्र प्रहरीले १०१ किलो गाँजा सहित तिनजनालाई नियन्त्रणमा लिएकोमा मृतक यादव समेत गाँजा ओसार पसार गर्नेहरुसंग शसस्त्र प्रहरीको घम्साघम्सी भैरहदा मृतक समेत सोहि स्थानमा रहेको र सोहि वेला देखि उनी सम्पर्क विहिन भएको जलेश्वर नगरपालिका ७ का वडाअध्यक्ष रामछविला यादवले बताए ।

उनले मृतक यादवको खोजी सोहि दिन देखि हुदै आएकोमा उनको शव भेटिएपछि आफुहरु शसंकित भएको तथा घटनाको सुक्ष्म छानविन हुनु पर्ने मांग गरे ।यता मृतकको लास भेटिएकै स्थानमा स्थानियहरुले शसस्त्र प्रहरीले उनको हत्या गरेको भनेपछि अवस्था असामान्य बनेको थियो । केहि वुद्धिजिवीले शव पोष्टमार्टम हुन दिन आग्रह गरेपछि उनको शव त्यहाबाट अस्पताल लगिएको थियो ।

error: Content is protected !!