रौतहटको चन्द्रपुर नगरपालिबाट अवैध काठसहित दुईजना पक्राउ

रबिन्द्र प्रजापति, मंसिर २५ गते रौतहट ।

रौतहटको चन्द्रपुर नगरपालिबाट अवैध काठसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

ना २१ प ७५४९ नम्बरको मोटरसाइकलमा खयरको डमरु १६ थान लिएर आउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरुमा गुजरा नगरपालिका–१ कोठियारका वीरबहादुर लामा दोङ र सोही ठाउँका विजय लामा दोङ छन् ।
काठ र मोटरसाइकलसहित उनीहरुलाई डिभिजन वन कार्यालय रौतहटमा बुझाइएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी प्रमुख लिलाराज लामिछानेले बताएका छन् ।

उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख अमरदेव यादवले जानकारी दिए ।
अवैधरूपमा कटान गरी तस्करहरूले काँचो खयरको डमरु तथा मुकुण्डो बनाउन मकवानपुर, काठमाडौं लगायतका जिल्लामा लैजाने गरेको प्रमुख यादवले जानकारी दिए ।

error: Content is protected !!