अचानक बढेको चिसोका कारण रौतहट सहित प्रदेश २ का जनजीवन प्रभावित
रबिन्द्र प्रजापति, पुस ०५ गते रौतहट ।
अचानक बढेको चिसोका कारण रौतहट सहित प्रदेश २ को विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । अत्यधिक चिसोका कारण बालबालिका र वृद्धा अति नै प्रभावित भएका छन् ।
चिसो बढ्न थालेपछि रौतहटको गौर गरुडा चन्द्रनिगाहपुर कटहरिया लगाएतका बजारमा न्यानो लुगाको बिक्री समेत बढेको छ ।
सर्वसाधारण जाडो छल्न घुर बालेर आगो ताप्नेको संख्यामा बृद्धी भएको हो । चिकित्सकले चिसो बढ्दै जाँदा बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिको विशेष ख्याल गर्न आग्रह गरेका छन् । वर्षेनी चिसोका कारण कठ्याङ्ग्रिएर सर्वसाधारणको मृत्यु हुने गरेको छ ।
चिसो बढ्न थालेपछि रुघाखोकी, ज्वरो, झाडापालाका बिरामी बढ्नसक्ने भएकाले स्वास्थ्य सर्तकता अपनाउन चिकित्सकको सुझाव छ ।