रौतहटको कटहरिया भेगका किसानहरु निलगाईको आतकबाट त्रसित
रबिन्द्र प्रजापति, पुस ०७ गते रौतहट ।
रौतहटमा किसानहरु निलगाईको आतक बाट त्रसित भएका छन । जिल्लाको कटहरिया नगरपालिका अन्तरगत पर्ने लाल बकैया खोला भए र आएका निलगाईले कटहरियाका सैयौं किसानहरुको बालीमा क्षति पु¥र्याएको पिडित किसानहरुले बताएका छन ।
बर्षभरी मिहिनेत गरी खेतमा लगाईएको बाली नाली निलगाईले सफाप पारीरहेकाले जिल्लाका हजारौं किशान समस्यामा परेका हुन ।
जिल्लाको फतुुआ बिजयपुर,कटहरिया,देवाही गोनाही र मौलापुर नगरपालिका अन्तरगतका किशानहरु निलगाईको बढदो बथानको कारण ठुुलो मारमा परेका छन । जिल्लाको उतरीभेग भसेढवा, झौआ,कटहरिया,बुनियाद,
लक्षमिनिया,फतुुआ,हर्षाहा,गमहरिया,मयार्दपुर,कर्कच कमैया, टिकुलिया बौधा,ईनरवा लगायतका गाँउका किशानहरुले खेतमा लगाएको अनेकौ बालीमा ठुलो क्षती पुरयाईरहेको पिडित किशानहरुले बताएका छन ।
उतरतर्फ बनक्षेत्र र दक्षिणमा भारतिय सिमाना सम्म लालबकैया नदीको दुुबै किनारमा रहेका काँसघारीमा दिनभरी सैकडौंको संख्यामा निलगाईहरु लुुकेर बस्ने गर्दछन ।
साँझ पर्ना साथ किशानले आआफनो खेतमा लगाएको, मकै,उँखु,केरा,रहर लगायतका बालीमा क्षती पुरयाउने गरेको कटहरिया नगरपालिका बडेडवाका एकजना किशान नन्द किशोर यादवले बताएका छन ।
दर्जनौंको संख्यामा एकैपटक आउने निलगाईको कारण हजारौं बिगहा खेतीमा क्षती बेहोर्नु परीरहेको किशान यादवले दुखेसो पोखेका छन ।
त्यतिमात्र नभई निलगाईको कारण त्यास भेगका किसानहरुले धनीया लगाएतका खेती गर्न छाडीसकेका छन ।
सदयौं देखी नगदे बालीको रुपमा रहेको धनियाबालीको गन्ध सुुंघेर टाढा टाढा रहेका निलगाई केहीगरी खाएरै छोडने गरेकाले
सो क्षेत्रमा धनिया खेती प्राय. लोपहुने अवस्थामा पुुगेको फतुुआ बिजयपुर नगरपालिका लक्षमिनियाका एकजना किशानले बताए ।
गत बर्ष निलगाईको क्षती बाट आआफनो बाली नाली बचाउन नदी किनारका दर्जनौ किशानहरु खेतमै बसेर रातभरी टिन पिटेर धपाउने काम गरेका थिए ।
कतिपय किशानले अहिले निलगाईलाई धपाउन राती राती पटका पडकाउने गरेका छन ।
निलगाईको हत्या कानुुनी अपराध भएको जिल्ला बन कार्यालय रौतहटले बताए पछी सैयौं किशानहरु आफुले बर्षभरी मिहिनेत गरेर घरको अन्न पैसा खर्चेर खेतमा लगाएको अनेक बाली निलगाईले आँखा अगाडी नै सखाप पारीरहँदा पनी चुपचाप हेर्नुु बाहेक अन्य बिकल्प नरहेको गुनासो गरेका छन ।