नेपाली काँग्रेसको प्रथम अधिवेशन अन्तर्गत आज मतदान जनकपुरमा हुँदै

रबिन्द्र प्रजापति, पुस ०८ गते रौतहट ।

जनकपुरमा मंगलबारदेखि जारी नेपाली काँग्रेसको प्रथम अधिवेशन अन्तर्गत आज मतदान हुँदै छ । ६७ पदका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको हो ।

मतदान बिहान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन समितिका सदस्य विनय सिंहले कटहरिया म्यूजिकल एफ एमका प्रबन्ध निर्देशक प्रकाश श्रेष्ठलाई जानकारी दिए ।

जनकपुरधाम स्थित गोपाल धर्मशालामा जारी काँग्रेसको प्रथम अधिवेशनमा ७२ पदका लागि १८० जनाले उम्मेदवारी दिएका छन् । जसमा ५ सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । आज ६७ पदका लागि मतदान हुँदै छ ।

प्रदेश २ को आठवटै जिल्लाबाट झण्डै २ हजार मतदाता निर्वाचनमा सहभागी छन् मतदानका लागि चारवटा बुथको व्यवस्था गरिएको छ ।

मतदानको निर्धारित समय बुधबार बिहान ८ बजेका लागि तोकिएको भएपनि मतपत्र छपाइ हुन ढिलाइ हुने भन्दै दिउँसो १ बजेमा लागि सारिएको थियो । तर, दिउँसो १ बजेसमेत हुन नसक्दा अपराहन्न मतदान सुरु गर्ने तयारी थियो ।

सोहि विषयलाई लिएर सभापतिका उम्मेदवार कृष्ण यादव र रामसरोज यादव पक्षबीच कुटाकुट भएको थियो । सोहि कारण आज बिहान ८ बजेसम्मका लागि मतदान स्थगित गरेको थियो ।

error: Content is protected !!