कांग्रेस प्रदेश २ सभापतिमा राम सरोज यादवलाई पराजित गर्दै कृष्णा यादव निर्वाचित

सागर संगम ठाकुर । रौतहट पुस ९ गते
नेपाली कांग्रेसको प्रदेश २ मा सभापतिमा रौतहट निवासी कृष्ण यादव निर्वाचित भएको छ ।
प्रदेश नम्बर २ को सभापतिको लागि उम्मेदवारी दिएका देउवा पक्षका कृष्ण यादव र बिमलेन्द्र नीधि पक्षका राम सरोज यादवमध्येको सभापति मतगणना अनुसार कृष्ण यादव १४१ मतले विजयी भएका हुन् ।
विहिबार दिउँसोदेखि सुरु भएको मतदान अबेरसम्म खसेको थियो । प्रदेश नम्बर २ को लागि कुल मतदाता १ हजार ९ सय ३८ रहेकोमा कुल मत १ हजार ८ सय ८१ मत खसेको थियो ।
शुक्रबार बिहानसम्म कुल खसेको मतमध्ये कृष्ण यादवले विहान ६ः३० बजेसम्म अग्रता कायमै राखेका थिए । निर्वाचन अधिकृतका अनुसार, कृष्ण यादव १४१ मतले विजयी भएका हुन् ।
नेपाली कांग्रेस प्रदेश २ को पहिलो अधिवेशनका क्रममा नेतृत्व चयनका लागि भएको मतदानमा पार्टीका वर्तमान संसदिय दलको नेता राम सरोज यादवलाई पराजित गर्दै रौतहटका सभापती कृष्ण प्रसाद यादव विजयी भएका छन् ।
उनले १ सय ४० मतान्तरले राम सरोजलाई पराजित गरेको हो । औपचारिक घोषणा हुन भने वाँकी छ ।
पहिलो प्रदेश कार्यसमिति चयनका लागि विहिवार विहान ९ बजेर ४० मिनेटबाट राती ८ बजे सम्म मतदान भएको थियो । मतदानमा १९ सय ३८ मतदाता मध्ये १८ सय ८१ मत खसेको थियो ।
हिजो भएको मतदानमा राती नौ बजे देखि मतगन्ना जारी भएको थियो । जस्मा अर्का उमेदवार राम सरोज यादवलाई १४१ मत बढी ल्याएर पराजित गर्दै निवार्चित भएका छन ।

error: Content is protected !!