कटहरिया इप्रकामा नयाँ सईको रुपमा गुप्ता आए पछि बिभिन्न राजनितीक दलका प्रतिनिधीहरु संग गरे परिचय

सागर संगम ठाकुर रौतहट । पुस ११ गते

रौतहटको कटहरियामा सईको रुपमा सुरेश गुप्ता आए पछि बिभिन्न राजनितीक दलका प्रतिनिधी र ब्यपारीहरु संगको परिचरात्मक कार्यक्रम संम्पन भएको छ ।

जिल्लाको मध्य भाग कटहरियामा रहेको ईलाका प्रहरी कार्यलयमा गएको हप्ता देखि प्रमुखको रुपमा जिम्मेवारी समहालिएका सई सुरेश गुप्ता आईतबार एक कार्यक्रमका बिच परिचरात्मक कार्यक्रम आयोजना गरिएको थियो ।

कटहरिया नगरपालिकाका बिभिन्न वडा तथा कटहरिया एरियामा प्रहरी बाट के कस्ता किसीका शान्ति सुरक्षा गर्नु पर्ने भन्दै त्यसको बिषयमा सई गुप्ताले राजनितीकदल संग परामर्श तथा छलफल गरेका थिए ।

जवाफमा कटहरिया नगरपालिकाका नगर प्रमुख शियाराम प्रसाद कुश्वाहाले बिकाश निर्माणको कार्यमा भईरहेको राजनितीकमा कसैको प्रभावमा नपरी सत्य तथ्य जाच बुझ गरी कार्यमा सहयोग गर्न अपिल गर्नु भयो ।

कटहरिया बजारमा राजनितीक दलको कारणले गर्दा बिकाशका पुर्वाधारहरुमा रोक लागने गरेको भन्दै त्यसमा पनि प्रहरीको तर्फबाट आफनो भुमिका निर्वाह गर्न अनुरोध गर्नु भयो ।

साथै वहाले आफु नगर प्रमुख भएको नाताले जनताको सेवामा अहो रात खटने ईलका प्रहरी कार्यलयलाई आफुबाट हुनु पर्ने सहयोग गर्नको लागि तत्पर रहेको बताउनु भयो ।

त्यस्तै कटहरिया म्युजिकल एफ एमका प्रबन्ध निर्देशक प्रकाश श्रेष्ठले जनताको समस्यामा कसैलाई काखा र कसौलाई पाखा नगरी सबैलाई सम्मान व्यवहार रुपले हेर्नु पर्ने सुझाव दिनु भएको थियो ।

समाज सेवामा प्रहरीको भुमि बिषय कसैले औला ठडयाउने काम नगरोस भने अवगत गराउनु भयो ।

त्यस्तै स्थानिय पत्रकार तथा कटहरिया एफ एमका प्रमुख संजय मिश्राले कटहरिया बजारमा भई रहेको खुल्याम दारु पसल संचालनको बिषयमा अवगत गराएका थिए ।

खुल्याम दारु पसल संचालनले गर्दा याहाका कैयौ स्थानियले अकालमै ज्यान गुमाउनु परेको भन्दै सो तर्फ प्रहरीले ध्यान दिनु पर्ने जानकारी गराएका थिए ।

समयको हिसाबले दारु पसल संचालन नहुदा अपराधिक घटना घटिरहेको भन्दै एउटा समय निधार्ण गरेर दारु भटी संचालन गराउन प्रहरीलाई अपिल गर्नु भयो ।

कटहरिया बजारमा बिहानै देखि दारु पसल संचालन हुदा दुई दर्जन भन्दा बढी युवा पुरुषहरु रक्सी खाएर जथाभावी घुमफिर गरिरहेको हुन्छ त्यसका कारणले सवारी दुर्घटनाको जोखिम समेत हुने भएकाले त्यस तर्फ पनि ध्यान दिन अनुरोध गर्नु भयो ।

त्यस्तै परिचरात्म कार्यक्रममा सई गुप्तालाई शुभकामना दिदै कटहरिया नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष सर्फलाल प्रसाद गुप्ताले कटहरिया बजारमा बजारका दिन खरिदारी गर्न आएका

व्यपारीहरुको मोटरसाईकल चोरी व्यापक भईरहदा त्यसमा प्रहरीले चनाखो हुनु पर्ने बताएका थिए । साथै वहाले शान्ति सुरक्षाको सवालमा सबै संगको सहमती र सहकार्यमा काम गर्नु पर्ने सुझाव दिएका थिए ।

त्यस्तै हाल सम्म प्रहरी कार्यलय रहेको जग्गा ब्यक्तीको नाउमा रहेकाले सम्बन्धी जग्गा धनीलाई बोलाएर सहमतिमा नै छलफल गरी जग्गा सम्बन्धी समस्याको अन्तय गर्नु पर्ने र त्यसका लागि सबै राजनितक दल एक जुट भई सो तर्फ ध्यान दिनु पर्ने सुझाव दिएका थिए ।

त्यस्तै कांग्रेसका नेता रंजित साहको घरमा गएको कार्तिक १७ गते भएको चोरीमा डाकाका समुहहरुले करिब ४२ लाख मुल्य बराबरको चोरी भएको थियो ।

र हाल सम्म प्रहरीले चोरहरुलाई पक्राउ गर्न नसकेको भन्दै प्रहरी माथी नै चुनौतीको बिषय बनेको पिडित साहले गुनासो गरे ।
प्रहरीले समयमा अपराधीलाई पक्राउ गर्न नसके यस्ता द्धटना दिन दिनै बढने निजको भनाई रहेको थियो ।

परिचरात्मक कार्यक्रममा करिब सयौको संख्यामा मानिसहरुको उपस्थिती रहेको थियो ।

error: Content is protected !!