धरहरीको श्री जय किसान उच्च माबिमा शुल्कको बिषयलाई लियर बिधार्थीले गरे बिरोध प्रर्दशन
सागर संगम ठाकुर रौतहट । पुस १९ गते
रौतहटको धरहरीमा बिधार्थीहरुले शुल्क माफ हुनु पर्ने भन्दै बिरोध प्रर्दशन गरेका छन । जिल्लाको देवाही गोनाही नगरपालिक वडा नं. ९ धरहरीमा अवस्थित श्री जय किसान उच्च माध्यमिक बिधालयका कक्षा ११ र १२ मा अध्यनरत बिधर्थीहरुले परिक्षाको नाममा बिधालयले बिधार्थीहरु संग शुल्क लिएको भन्दै प्रर्दशन गरेका हुन ।
बिधर्थीहरुले ११ बुन्दे माग राखी बिधालयको मुख्य प्रवेश द्धारमा ताला बन्दी गरी जयनगर देखि कलैय—बिरगंज जाने मुख्य सडकमा चक्का जाम गरेर बिरोध प्रर्दशन गरेका थिए । प्रर्दशनको क्रममा बिधार्थीहरु र प्रहरीहरु बिच हल्का तनातान भएका थिए । बिधार्थीहरुको माग प्रति केही अभिभावकहरुले समेत सर्मथन गरेका थिए । तर बिधार्थीहरुको माग प्रति बिधालयका प्रधानाध्यापक उमेश कुमार यादव सकरात्मक रहेको देखिएको छ ।
नेपाल सरकाले कक्षा १० सम्मका सम्पुर्ण बिधार्थीहरुको पठनपाठन निःशुल्क गरिएको सो निर्णयको बिपरित आफु नरहेको प्रतिक्रिया दिनु भयो । तर बिधार्थीहरुले कक्षा ११ र १२ बिधार्थीहरुको लागि देवाही गोनाही नगरपालिकाले नगर भित्र रहेको श्री जय किसान उच्च माबि धरहरीका बिधार्थीहरुको सम्पुर्ण शुल्क नगरपालिकाले नै तिरी दिने भनिएको भन्दै अहिले आएर बिधालयले जर्वजस्ती परिक्षाको नाममा शुल्क उठाउन थाले पछि आक्रोसित बिधार्थीहरु बिरोध प्रर्दशन पर्दशन गर्दै चक्का जाम गरेका थिए ।
शुल्कको बिषयमा बिधार्थीहरुको गरेको बिरोध प्रर्दशनमा बिधालयले नै छलफल र सम्बादको माध्यले समस्या समाधान गर्नु पर्ने भनिए पछि प्रहरीहरु त्याहाबाट र्फकेका थिए ।
बिधार्थीहरुले बिरोध प्रर्दशनकै क्रममा ११ बुन्दे माग राखिदै प्रअ यादवलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापनपत्रमा बिधालयमा शैक्षिक अवस्था राम्रो हुनु पर्नेे, बिधालयमा प्रअ र शिक्षकहरु समयमै उपस्थित भएर नियमित पठन पाठन गराउनु पर्ने , बिधालयमा प्रेडिकलको समाग्री खरिद गर्नु पर्ने,कसैलाई कखा र कसैलाई पखा नगरि सबै बिधार्थीलाई सम्मान ब्यवहार गर्नु पर्ने, शौचालयको राम्रो व्यवस्था हुनु पर्ने, र परिक्षाको नाममा सबै शुल्क माफ गर्नु पर्ने भन्दै ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रलाई बुझदै प्रअ यादवले बिधालयको तर्फबाट गर्नु पर्ने काम आफु गर्न त्यार रहेको बताउनु भयो । प्रअ यादवले यदी देवाही गोनाही नगरपालिकाको तर्फबाट मेयर धर्मेन्द्र प्रसाद पटेलले श्री जय किसान उच्च माबिका कक्षा ११ र १२ का बिधार्थीहरुको सबै शुल्कको नाउमा रकम जम्मा गरिदिए त्यसमा आफुहरुको कुनै किसीमको बिमती बताउनु भयो ।
प्रअ यादवको यो कुरा सुनेर बिधार्थीहरुले बिधालयमा लगाईएको ताल्चा खोली चक्का जाम खोलाईएका थिए । बिधालयमा देखिएका बिवादको बिषयमा बिधालयका प्रअ उमेश यादव संग कटहरिया म्युजिकल एफ एमका पत्रकार सागर संगम ठाकुरले सोध्दा प्रअ यादवले बिधार्थीहरुको माग प्रति आफु सकरात्मक रहेको प्रतिक्रिया दिनु भयो ।
साथै प्रअ यादवले बिधार्थीहरुले उठाएका मागहरुमा एउटा माग आफुहरुबाट हुन नसकने बताउनु भयो । वहाले बिधार्थीहरुले उठाएका कक्षा ११ र १२ का शुल्कमा नगरपालिकाले तिर्न त्यार भए त्यसमा बिधालय प्रशासनको कुनै बिमती नरहेको बताउनु भयो ।
साथै प्रअ यादवले गुण्स्तरिय शिक्षा प्रति आफु पुणः प्रतिबद्ध रहेको र केही ब्यक्तीहरुले बिधालयमा राजनितक करण गरीरहेको बताउनु भयो । आफु प्रअ भए देखी बिधालयमा हुने हानी नोक्सानी जस्ता कुनै पनि कार्य नगरको यादवले जानकारी दिनु भयो ।